शिक्षासेवी शोभा प्रधानको स्मृतिमा !
- असार ११, २०८३
भक्तपुर, ६ जेठ । ख्वप कलेजमा दुईदिने राष्ट्रिय सम्मेलन यही जेठ ८ र ९ गते हुने भएको छ ।
ख्वप कलेजले अध्ययन अध्यापनसँगै अनुसन्धान र अनुसन्धान कार्यपत्र प्रस्तुतिमा विशेष पहल गर्दै आएको छ । विगतमा ख्वप कलेजले तीन पटक राष्ट्रिय सम्मेलन सफलतापूर्वक आयोजना गरिसकेको छ । ख्वप कलेजले अब चौथो पटक सम्मेलन आयोजना गर्दै छ ।
यस सम्मेलनको मुख्य विषय वातावरण, सामाजिक र शासन व्यवस्थामा नवीनता रहेको छ । दुईदिने सम्मेलनमा ६० भन्दा बढी कार्यपत्र प्रस्तुत हुनेछ । सम्मेलनमा अन्तर्राष्ट्रिय अनुसन्धान कार्यपत्रहरू प्रस्तुत हुने जानकारी सम्मेलनका सयोजक डा. राजकुमार प्रधानले दिनुभयो । सम्मेलनमा व्यवस्थापन सङ्कायका डिन प्रोफेसर डा. महानन्द चालिसे र नेपाल खुला विश्वविद्यालय, व्यवस्थापन तथा कानुन सङ्कायका डिन प्रोफेसर डा. अरहन स्थापितले किनोट स्पिच (Keynote speech) दिनुहुनेछ ।
सम्मेलनको दोस्रो दिन शासन पुनर्परिभाषा : दिगो भविष्यका लागि कानुनी, वातावरणीय र व्यवस्थापकीय समन्वय विषयमा समूहबिच छलफल हुनेछ । छलफलमा वरिष्ठ कानुनविद् डा. भीमाजुर्न आचार्य, त्रि. वि. वातावरण विभागका प्रोफेसर डा. रेजिना मास्के र वाग्मती विश्वविद्यालयका व्यवस्थापन तथा कानुन सङ्कायका डिन डा. गंगाराम विश्वकर्मा सामेल हुनुहुनेछ ।
शैक्षिक उन्नयनको लागि सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने कुरा कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठ बताउनुहुन्छ । दुईदिने सम्मेलनको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनितिज्ञ नारायणमान बिजुक्छेँले गर्नुहुनेछ । ख्वप कलेज र विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा सो सम्मेलन हुन लागेको हो ।
Leave a Reply