कङ्गोमा एक हजार जनाभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
- असार ११, २०८३
हेटौँडा, ६ जेठ । वाग्मती प्रदेशसभाको बैठक मङ्लबार विना कुनै व्यवधान सञ्चालन भयो । लामो समयदेखि सरकार र प्रमुख प्रतिपक्षबिचको विवाद बजेटमा बाँडफाँटपश्चात् टुङ्गिएको बताइएको छ ।
बैठकको विशेष समयमा बोल्दै नेमकिपाका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले राजतन्त्र नेपालको सन्दर्भमा असान्दर्भिक भइसकेको प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “एघार बा¥ह कक्षा उत्तीर्ण भइसकेकोलाई फेरि नर्सरी कक्षामा लान्छु भन्नु उपयुक्त हुन्न । शिशुकालको लुगा ठुलो भइसकेपछि फेरि लगाउनुप¥यो भन्नु सुहाउँदैन । इतिहास अगाडि बढ्छ, पछाडि होइन ।”
प्रदेशसभा सदस्य गोसाईले भन्नुभयो, “ नेपाली समाजले दुई सय पचास वर्षभन्दा लामो सामन्ती व्यवस्था र ३–४ दशक लामो पुँजीवादी व्यवस्था हेरिसकेका छन् । ती असफल साबित भए । अब नेपाली समाजले हेर्नुपर्ने व्यवस्था भनेको समाजवादी व्यवस्था हो ।” उहाँले समाजका केही व्यक्तिको जीवनमा परिवर्तन हुनु ठुलो कुरा नभएको चर्चा गर्दै मूल प्रश्न बहुङ्ख्यक मजदुर–किसानको जीवनमा तात्विक परिवर्तन हो भन्दै रेमिट्यान्सको भरमा देश सधैँ चल्न सम्भव नहुने प्रस्ट पार्नुभयो ।
प्रदेशसभाको बैठकमा आर्थिक मामिला मन्त्री कुन्दन काफ्लेद्वारा विनियोजन विधेयक, २०८२ को सिद्धान्त र प्राथमिकता प्रस्तुत भयो । बैठक बुधबार पनि चालु रहनेछ ।
Leave a Reply