भर्खरै :

सरकारलाई आलोचना स्वाभाविक – सांसद यादव

सरकारलाई आलोचना स्वाभाविक – सांसद यादव

काठमाडौँ, ६ जेठ । नेपाली काङ्ग्रेसका सांसद रामकृष्ण यादवले जेठ ५ गतेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै भन्नुभयो, “संसद्मा सरकारमा सामेल नभएको नेपाल मजदुर किसान पार्टी मात्र छ । यो पार्टीले सरकारलाई आलोचना गर्नु स्वाभाविक हो । नयाँ दाबी गरेका र पुराना सबै पार्टी आलोपालो सरकारमा पुगेका हुन् । आफू सरकारमा हुँदा सबै ठीक, प्रतिपक्षीमा हुँदा सबै बेठीक ठान्नु सरकारमा पुगेका पार्टीहरूको सबभन्दा ठुलो कमजोरी हो । यसरी संसद्को गरिमा कायम हुनेछैन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *