कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, ७ जेठ । भक्तपुरको चाँगुनारायण नगरपालिका छालिङस्थित गणेश माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८२ मा १३७ जना नयाँ विद्यार्थी भर्ना भएको जानकारी विद्यालय प्रशासनले जनाएको छ ।
गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालयको उद्देश्य पूरा गर्न विद्यार्थीहरू अध्ययनशील, अनुशासित र लगनशील हुन आवश्यक भएको विचार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष न्हुछेभक्त फोजूले बताउनुभयो । नवागन्तुक विद्यार्थीहरूलाई स्वागत गरिएको सो कार्यक्रममा उहाँले विद्यार्थीहरूलाई सक्रिय बनाउन शिक्षकहरू पनि सक्रिय हुन आवश्यक छ भन्नुभयो । विषयगत ज्ञानमा दखल, विभिन्न पुस्तकहरूको अध्ययन गरेर आफू सक्षम हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले विद्यार्थीहरूलाई समयमै पाठ्यपुस्तक, आवश्यक पोशाक र सन्दर्भ सामग्रीहरूको बन्दोबस्त भए विद्यार्थीहरूको शैक्षिक गुणस्तर अभिवृद्धिमा टेवा पुग्ने बताउनुभयो । विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर फोजुको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सानुकाजी दथेपुथे र सुलोचना सुवालले पनि आ– आफ्नो धारणा राख्नुभयो ।
Leave a Reply