यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
सन्दर्भ : चौथो ख्वप कन्फरेन्स
शैक्षिक सम्मेलन (Conference) ले ज्ञान अभिवृद्धि गर्न, सहकार्यलाई बढावा दिन र नवप्रवर्तनलाई प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्छ । विद्यार्थी, शिक्षक र अनुसन्धानकर्ताहरूलाई विचार प्रस्तुत गर्न, विशेषज्ञ प्रतिक्रिया प्राप्त गर्न र प्रचलनमा अद्यावधिक रहन दबु प्रदान गरिने छ । यस्तो एक्सपोजरले प्रस्तुतीकरण सीपलाई तिखार्छ र शैक्षिक तथा वास्तविक–विश्व चुनौतीको बुझाइलाई गहिरो बनाउँछ । यही वास्तविकतालाई मध्यनजर राखी ख्वप कलेजले जेठ ८ गतेबाट ख्वप कन्फरेन्स आयोजना गर्दै छ ।
पछिल्लो समयमा शैक्षिक क्षेत्रमा कृत्रिम बौद्धिकता (Artificial Intelligence) एआईले धेरै ध्यान आकर्षित गरेको छ । अहिले एआईले विद्यार्थी र अनुसन्धानकर्ताको कार्यलाई धेरै सजिलो बनाएको छ । यी आविष्कारले शिक्षा क्षेत्रमा ठुलो परिवर्तन ल्याएको छ ।
२५ वर्षअघि मैले शोधपत्रअन्तर्गत शैक्षिक अनुसन्धान गर्दा भौतिकरूपमा पुस्तकालयमा जानु र हातले कागजात खोज्नुपर्ने अवस्था थियो । त्यतिबेला गुगल स्कलरजस्ता विद्युतीय माध्यम उपलब्ध थिएनन् । आजको प्रविधिले अनुसन्धानलाई छिटो र छरितो बनाएको छ । यद्यपि, ध्यानपूर्वक अध्ययन गर्ने, जटिल विचार बुझ्ने र स्पष्टरूपमा लेख्नेजस्ता आधारभूत शैक्षिक सीपहरू अझै आवश्यक छन् । यी सीपहरू परिवर्तन भएका छैनन् । एआईले प्रतिस्थापन गर्न सक्दैन पनि ।
यी आवश्यक सीपहरू विश्वविद्यालयले राम्रोसँग सिकाउँदैन भन्ने चिन्ता विद्यार्थीमा बढ्दो छ । यसकारणले गर्दा दबाबमा रहेका विद्यार्थीहरू प्रायः ‘छोटो बाटो’ को रूपमा एआईको सहारा लिन्छन् । केही तथाकथित विज्ञहरू पनि धेरै गहिराइबिना लेख तुरुन्तै प्रकाशित गर्न एआई उपकरणहरूमा भर पर्छन् ।
यदि कुनै स्नातकोत्तर विद्यार्थीले गल्तीसहितको एआई–उत्पन्न सामग्री पेस गर्छ र त्यसको व्याख्या गर्न सक्दैन भने यसले उनीहरूको सम्पूर्ण थेसिसमाथि शङ्का उत्पन्न हुन्छ । शिक्षाको संसारमा बौद्धिक चोरीको (Plagiarism) जोखिम उच्च छ । इन्टरनेटको यो युगमा जीवनको कुनै पनि कालखण्डमा बौद्धिक अपराध पत्ता लगाउने सम्भावना जतिखेर नि जीवितै हुन्छ । उदाहरणको लागि त्रिविका तत्कालीन उपकुलपति तीर्थ खनियाँले गरेको बौद्धिक चोरीकोे अपराधले उनलाई अझैसम्म छोडेको छैन । कुनै पनि प्रकारको शैक्षिक बेइमानीको लागि वर्षौँपछि पनि व्यक्तिलाई उत्तरदायी ठहराउन सकिन्छ, जसमा गलतरूपमा प्रस्तुत गर्ने तरिकामा एआई प्रयोग गर्नु पनि रहन्छ । अनलाइनमा दिइएका केही सफ्टवेयरले एआई पत्ता लगाउने उपकरणहरूलाई कसरी छल्ने भनेर पनि सिकाउँछ । तर, सबैभन्दा सरल र इमानदार विकल्प भनेको शैक्षिक सामग्री लेख्दा एआई प्रयोग तथ्यगत जानकारी पाउनको लागि मात्र हुनुपर्छ । एआईबाट व्याकरण जाँच गराउन वा भाषा सुधार्न प्रयोग गर्न पनि विद्यार्थी आफैमा लेखन सीप चाहिन्छ । एआईले दिमाग पढ्न सक्दैन† यसले दिइएको कुरालाई मात्र सुधार गर्छ । यदि मूल लेखन अस्पष्ट छ भने एआईले भ्रमलाई अझ बढाउँछ । यदि एआईले शोधग्रन्थ लेख्यो र अन्य एआई प्रणालीले त्यसको समीक्षा ग¥यो भने शिक्षण एक अर्कासँग कुरा गर्ने मेसिनहरूको घेराबन्दीमा पर्छ । एआईद्वारा लेखिएको कामलाई अन्य एआई उपकरणहरूद्वारा जाँच गरिन्छ र उद्धृत गरिने प्रतिक्रिया चक्र चल्छ ।
समाधानका उपाय
शैक्षिक सम्मेलनमा (Conference) अनिवार्य उपस्थिति
एआई–सहायता प्राप्त थेसिस लेखनको युगमा विद्यार्थीहरूसँग सामग्री कुशलतापूर्वक तयार गर्न मद्दत गर्ने विद्युतीय माध्यमहरूमा सजिलो पहुँच हुन्छ । एआईले सिकाइ र उत्पादकत्व बढाउन सक्छ, तर पूर्ण निर्भरताले विद्यार्थीहरूलाई आफ्नै अनुसन्धान बुझ्न वा संलग्न हुनबाट रोक्न सक्छ । यस चिन्तालाई सम्बोधन गर्न, सम्मेलन प्रस्तुतीकरणलाई अनिवार्य बनाउनु एक प्रभावकारी समाधान हुनसक्छ । शैक्षिक सम्मेलनहरू (Conference) लाई बढी महत्व दिएर शैक्षिक अभ्यास बढाउनुपर्छ । जर्नलका लेखहरू प्रायः बढी प्रतिष्ठित मानिन्छन् तर सम्मेलनले जर्नलले नसक्ने कुरा प्रदान गर्छ । प्रत्यक्ष प्रस्तुतीकरणबाट विज्ञहरूबाट तत्काल प्रतिक्रिया पाइन्छ । अनुसन्धानकर्ताहरूले आफ्नो कामको बारेमा अरूलाई बुझाउनुपर्दा अनुसन्धानकर्ताको वास्तविक विज्ञता थाहा हुन्छ । त्यसैले एआईको यो युगमा विद्यार्थीहरूलाई शोधपत्र बुझाउनुअघि विभिन्न चरणमा कन्फरेन्समा भाग लिएको हुनुपर्ने सर्त जोडिनु अत्यन्त आवश्यक छ ।
विज्ञहरूसमक्ष प्रस्तुति दिन विद्यार्थीहरूले आफ्नो विषय, कार्यप्रणाली र निष्कर्षहरू पूर्णरूपमा बुझ्नु आवश्यक छ । यसले आलोचनात्मक सोचलाई प्रोत्साहन गर्छ, जवाफदेहितालाई बलियो बनाउँछ र शैक्षिक अखण्डतालाई बढावा दिन्छ । सम्मेलनको क्रममा विद्यार्थीहरूले आफ्नो बुझाइको गहिराइको परीक्षण गर्ने प्रश्नहरूको सामना गर्नुपर्ने हुन्छ जसको लागि एआईले मात्र उनीहरूलाई तयार गर्नसक्दैन । यो प्रक्रियाले वास्तविक सिकाइलाई बढावा दिन्छ, सञ्चार सीपमा सुधार ल्याउँछ र आत्म–विश्वास निर्माण गर्छ । बारम्बार सहभागिताले विद्यार्थीहरूलाई नक्कल गर्नेभन्दा बाहिर जान र आफ्नो कामलाई साँच्चै आत्मसात गर्न सुनिश्चित गर्दछ । यसरी, सम्मेलन प्रस्तुतीकरणहरूले थेसिसको प्रामाणिकतालाई प्रमाणित मात्र गर्दैन । तर, विद्यार्थीहरूलाई शैक्षिक र व्यावसायिक प्रवचनमा अर्थपूर्ण योगदान दिन पनि तयार पार्छ । त्यसैले विश्वविद्यालयले समयमै यससँग सम्बन्धित मापदण्ड तयार गर्नुपर्छ ।
विद्यालय र विश्वविद्यालयले अनुसन्धानका आधारभूत कुराहरू सिकाउने काम राम्रोसँग गर्नुपर्छ । विद्यार्थीहरू आत्मविश्वासी महसुस नगर्दा एआईतिर लाग्छन् । पठन, लेखन र अनुसन्धान विधिहरूमा बढी ध्यान केन्द्रित गरेर शैक्षिक संस्थाहरूले विद्यार्थीहरूलाई एआईलाई उपकरणको रूपमा प्रयोग गर्न मद्दत गर्नुपर्छ, सहाराको रूपमा होइन ।
एआईले हामीलाई जानकारीमा पहुँच पाउन र दक्षता सुधार गर्न मद्दत गर्छ, तर यसले उचित मार्गदर्शन र सिकाइबाट आउने गहिरो बुझाइ र आलोचनात्मक सोचलाई प्रतिस्थापन गर्न सक्दैन । हामी एआईलाई अनुसन्धानलाई सहयोग गर्न उपकरणको रूपमा प्रयोग गर्छौँ, सिकाइ प्रक्रियालाई बाधा पु¥याउने गरी होइन । उत्कृष्ट नतिजा प्राप्त गर्न आधुनिक उपकरणहरूलाई परम्परागत शैक्षिक अनुशासनसँग जोड्नु प्राध्यापक र विद्यार्थीको उद्देश्य हुनुपर्छ । एआईले ठुलो मात्रामा जानकारी सङ्क्षेपीकरण गर्न, व्याकरणलाई परिष्कृत गर्न र दक्षता सुधार गरी बहुमूल्य समय बचत गर्न मद्दत गर्दछ । यद्यपि, यसलाई प्रयोग गर्दा नैतिकताको ख्याल गर्नुपर्छ र अनुसन्धानकर्ताले मौलिकताका साथ प्रमाणित गर्ने र प्रस्तुत गर्ने पूर्ण जिम्मेवारी कायम राख्नुपर्छ ।
सारमा भन्नुपर्दा एआईलाई पूर्णरूपमा अस्वीकार गर्नु होइन तर मानव ज्ञान आविष्कार र उन्नयनको केन्द्रबिन्दुमा रहोस् भन्ने कुरा हेक्का राख्नुपर्छ ।
Leave a Reply