कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
काठमाडौँ, ७ जेठ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिना (साउनदेखि वैशाखसम्म) मा नेपालको अन्तर्राष्ट्रिय व्यापार १६ खर्ब ९१ अर्ब रूपैयाँभन्दा बढी भएको छ ।
यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.२३ प्रतिशतले बढेको भन्सार विभागले जानकारी गराएको छ ।
अघिल्लो वर्षको १० महिनामा १४ खर्ब २९ अर्बको व्यापार भएको थियो । वैशाख महिनामा मात्रै १ खर्ब ९५ अर्ब रूपैयाँको अन्तर्राष्ट्रिय व्यापार भएको छ । यो वर्ष आयात १३.११ प्रतिशतले बढेर १४ खर्ब ७४ अर्ब पुगेको छ । निर्यात ७२.७१ प्रतिशतले वृद्धि भई २ खर्ब १८ अर्ब पुगेको छ ।
आयात निर्यात दुवैको व्यापारमा खाने तेलको हिस्सा सबैभन्दा महत्वपूर्ण देखिएको छ । यस्तो तेल तेस्रो मुलुकबाट आयात गरी नेपालमा प्रशोधन गरेर भारतमा निर्यात हुने गरेको छ ।
आयाततर्फ भटमासको कच्चा तेलको आयात ६.१२ गुणाले बढेर ८१ अर्ब ८९ करोड बराबरको भएको छ । सबैभन्दा धेरै आयात हुने १० वस्तुहरूमध्ये डिजेलको आयात ११.४८ प्रतिशतले घटेर १ खर्ब २ अर्ब ३८ करोड बराबरको भएको छ ।
पेट्रोलको आयात ६.५९ प्रतिशतले घटेर ५३ अर्ब ५ करोड बराबरको भएको छ । एलपी ग्यासको आयात १२.६३ प्रतिशतले बढेर ५१ अर्ब ८१ करोड बराबरको भएको छ ।
शुद्ध फलामको आयात ३२.५३ प्रतिशतले बढेर ४१ अर्ब ४९ करोड बराबरको भएको छ ।
एच.आर. सिटको आयात ८.९८ प्रतिशतले घटेर ३३ अर्ब ४८ करोड बराबरको भएको छ । यी वस्तुहरूको आयात वृद्धिले औद्योगिक कच्चा पदार्थको माग बढेको देखाएको छ ।
धानको आयात ७१.६९ प्रतिशतले बढेर १९ अर्ब ७७ करोड पुगेको छ । धानसँगै यो वर्ष चामलको आयात पनि उल्लेख्य मात्रामा बढेको छ ।
चामलको आयात ९४.६ प्रतिशतले बढेर १५ अर्ब ५३ करोड रुपैयाँको पुगेको छ ।
सवारी साधनतर्फ विद्युत्बाट सञ्चालित जिप, कार र भ्यान आयात ७.२६ प्रतिशतले बढेर २३ अर्ब १३ करोड बराबरको भएको छ । अघिल्लो वर्ष यो २१ अर्ब ५७ करोड बराबरको थियो ।
विद्युतीय जिप, कार र भ्यानको आयात ७ प्रतिशतले बढेको छ । १० महिनामा २३ अर्ब ५७ करोडको रुपैयाँको भएको छ । वैशाखमा मात्रै १९ सय यस्ता गाडी आयात भएका थिए ।
पेट्रोलियमबाट चल्ने जिप, कार र भ्यानको आयात ११.६१ प्रतिशतले बढेर ५ अर्ब १८ करोड बराबरको भएको छ । अघिल्लो वर्ष यो ४ अर्ब ६४ करोड बराबरको थियो ।
मोटरसाइकल (अनएसेम्बल्ड) को आयात ७४.६१ प्रतिशतले बढेर १४ अर्ब ३ करोड बराबरको भएको छ । अघिल्लो वर्ष यो ८ अर्ब ३ करोड बराबरको थियो ।
मोटरसाइकल (एसेम्बल्ड) आयात १५.१८ प्रतिशतले बढेर ५ अर्ब ३२ करोड बराबरको भएको छ । अघिल्लो वर्ष यो ४ अर्ब ६१ करोड बराबरको थियो ।
तयारी कपडाको आयात १८.४४ प्रतिशतले बढेर ३५ अर्ब २३ करोड बराबरको भएको छ । मोबाइल टेलिफोनको आयात २१.१४ प्रतिशतले बढेर ३० अर्ब ४७ करोड बराबरको भएको छ ।
एलोपेथिक औषधिको आयात १२ प्रतिशतले बढेर २५ अर्ब ५० करोड बराबरको भएको छ ।
सूर्यमुखीको कच्चा तेलको आयात ८०.७६ प्रतिशतले बढेर २४ अर्ब ६४ करोड बराबरको भएको छ । ट्रक, मिनी ट्रकको मूल्य ४४.१८ प्रतिशतले घटेर १ अर्ब ६४ करोड पुगेको छ । सिङ्ल (क्याब पिकअप गाडी) को मूल्य ४९.२४ प्रतिशतले घटेर ५१ करोड ४० लाख पुगेको छ ।
ग्यास लाइटरको मूल्य ६४.९९ प्रतिशतले घटेर १ अर्ब १९ करोड पुगेको छ । मार्बल स्ल्याबको मूल्य २७.११ प्रतिशतले घटेर १ अर्ब ८४ करोड पुगेको छ ।
सबैभन्दा धेरै निर्यात हुने १० वस्तुहरूमध्ये भटमासको प्रशोधित तेलको निर्यात ९०.४७ गुणाले बढेर ७८ अर्ब ७५ करोड बराबरको भएको छ ।
सेन्थेटिक यार्नको निर्यात २२.८ प्रतिशतले बढेर ११ अर्ब ६१ करोड बराबरको भएको छ ।
सूर्यमुखीको प्रशोधित तेलको निर्यात ६२.१३ गुणाले बढेर १० अर्ब ९ करोड बराबरको भएको छ। निर्यात वृद्धिको प्रमुख कारण नै तेल देखिएको छ ।
ऊनी गलैँचा कार्पेटको निर्यात ०.५४ प्रतिशतले बढेर ८ अर्ब ८४ करोड बराबरको भएको छ ।
गत वर्ष सबैभन्दा बढी निर्यात भएको फलामे पाताको निर्यात १४.७२ प्रतिशतले घटेर ८ अर्ब बराबरको मात्रै भएको छ ।
अलैंचीको निर्यात ३.५५ प्रतिशतले घटेर ६ अर्ब ६७ करोड बराबरको भएको छ ।
फलफूलको जुसको निर्यात ७.८ प्रतिशतले घटेर ६ अर्ब ६२ करोड बराबरको भएको छ । तयारी कपडाको निर्यात ७.०२ प्रतिशतले घटेर ६ अर्ब ५४ करोड बराबरको भएको छ ।
प्लाइउडको निर्यात ३.२३ प्रतिशतले बढेर ६ अर्ब १९ करोड बराबरको भएको छ । जुटका बुनिएका कपडाको निर्यात ३२.२९ प्रतिशतले बढेर ५ अर्ब ५ करोड बराबरको भएको छ ।
कतिपय वस्तुको व्यापारमा आएको वृद्धि र कमीले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण प्रभाव पार्छ ।
भटमास र सूर्यमुखीको प्रशोधित तेलको निर्यातमा भएको उल्लेखनीय वृद्धिमा भारतको नीतिको प्रभाव देखिएको हो । यो पटक भारतले खानेतेलको भन्सार बढाएको छ ।
नेपालबाट भने भन्सारसहित प्रवेश पाउने भएको कारण सुधार भएको देखिएको छ ।
खाने तेलको निर्यात वृद्धिले विदेशी मुद्रा आर्जनमा ठुलो योगदान पु¥याएको छ ।
डिजेल र पेट्रोलको आयातमा आएको कमीले विश्व बजारमा इन्धनको मूल्य घटेको वा मागमा कमी आएको सङ्केत गर्छ, परिणात्मक रूपमा गत वर्षको भन्दा उल्लेखनीय खपत बढे पनि मूल्य घट्दा आयात मूल्यमा फरक परेको छ ।
Leave a Reply