यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, ८ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले बिहीबार भक्तपुर नगरपालिकाद्वारा निर्माणाधीन अरनिको सभाभवन, थन्थु दरबार र हाडा छेँ पुनःनिर्माण कार्यको स्थलगत निरीक्षण गर्नुभयो ।
निरीक्षणको क्रममा अध्यक्ष बिजुक्छेँले कुनै पनि व्यक्ति, समाज र देशको पहिचान त्यस देशको कला, संस्कृति र सम्पदाले दिने बताउँदै स्थानीय कला, संस्कृति र सम्पदालाई जोगाउने काम स्थानीय तहबाट हुनुपर्ने बताउनुभयो ।
कला संस्कृति संरक्षणसँगै देशको पहिचान र अस्तित्व पनि जीवित रहने स्पष्ट पार्दै उहाँले भक्तपुर नपाले अन्य स्थानीय तहलाई अनुकरण गर्नलायक धेरै कामहरू गर्दै आएको बताउनुभयो


अरनिको सभाभवन, थन्थु दरबार पुनःनिर्माणजस्ता योजनाहरू भक्तपुरका गौरवका योजनाले भक्तपुरको इतिहासलाई पुनःजीवन दिने अध्यक्ष बिजुक्छेँले बताउनुभयो ।
निरीक्षणमा नेमकिपा वाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाई, नगर प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवाल, प्राविधिक, कर्मचारी र स्थानीय जनताको सहभागिता थियो ।
Leave a Reply