यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
ललितपुर, ८ जेठ । भक्तपुरमा मेलम्चीको पानी स्थायी वितरण प्रक्रिया अघि बढेको छ । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको बिहीबार बसेको बैठकमा टेन्डरको लागि सूचनासमेत प्रकाशित भइसकेको जानकारी दिइएको हो ।
भक्तपुरमा अहिले पुरानै पाइपबाट अस्थायी रूपमा खानेपानी वितरण भइरहेको छ । दोस्रो चरणको पानी वितरण ढिलो हुने देखिएकोले भक्तपुर नपाको आफ्नै खर्चमा पाण्डुबजारदेखि भक्तपुरका विभिन्न ठाउँसम्म पुरानो पाइपमा जोडेर ३ वर्षदेखि विभिन्न चरणमा भक्तपुर नगरमा पानी वितरण भइरहेको छ ।
मेलम्चीको पानी वितरणको लागि नयाँ पाइप जडान गर्ने बेला आगजनी हुने अवस्थामा दमकललाई पानी भर्न मिल्ने फायर हाइड्राइन्ट ठाउँ ठाउँमा राख्ने व्यवस्था रहेको छ । भक्तपुर नगरभित्र ११९ वटा फायर हाइडाइन्ट राख्ने योजना रहेको बताइएको छ ।
काठमाडौँ र ललितपुरमा मेलम्चीको पानी वितरण नयाँ पाइपबाट भइरहेको छ । त्यहाँ पनि अकस्मात् आगजनी भएमा पानीको लागि ठाउँ ठाउँमा फायर हाइड्राइन्ट राखिएको छ । तर, विभिन्न निकायबिच
समन्वय नहुँदा खानेपानीले राखेका फायर हाइड्राइन्टलाई अर्को निकायले पिच गरेर दोस्रो ढलान गरेर उपयोग गर्न अप्ठेरो पार्ने जस्ता कामहरू भइरहेको पनि बताइएको छ ।
बैठकमा काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड नियमावली २०६४ संशोधन प्रस्तावबारे पनि छलफल गरिएको छ । सरोकारवालाहरूको सुझावपश्चात् त्यसलाई पारितको लागि खानेपानी मन्त्रालयमा पठाउने निर्णय गरिएको छ । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष एवम् काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बोर्डको बैठक बसेको थियो । बैठकमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डंगोललगायत अन्य सदस्यहरूको उपस्थिति थियो ।
Leave a Reply