कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, ८ जेठ । स्वास्थ्य सचेतना अभिवृद्धिका लागि नेपाल क्षयरोग निवारण संस्था भक्तपुरले क्षयरोगसम्बन्धी जनचेतनामूलक कार्यक्रम मङ्गलबार भक्तपुरस्थित जिल्ला प्रशासन कार्यालयको सभा हलमा ग¥यो । उक्त कार्यक्रम शिक्षक, स्वास्थ्यकर्मी, सामाजिक अभियन्ता तथा शिक्षासँग सम्बन्धित व्यक्तिहरूको उपस्थितिमा भएको थियो ।
कार्यक्रमको उद्घाटनपश्चात् स्वास्थ्य क्षेत्रका दुईजना चर्चित विज्ञहरूले क्षयरोगको कारण, यसको लक्षण, उपचार विधि तथा रोग प्रतिरोधात्मक उपायबारे जानकारी दिनुभयो । कार्यक्रममा औषधिको प्रयोगमा लापरबाही तथा उपचारक्रम तोड्दा रोग गम्भीर बन्दै गएको, धेरै बिरामीले चिकित्सकको सल्लाहबिना औषधि बन्द गर्ने, नियमितता तोड्नेजस्ता गलत अभ्यासले क्षयरोगको जोखिम बढ्ने विषयमा विश्लेषण गरिएको थियो ।
कार्यक्रममा सहभागी अनिशा बयलकोटीले क्षयरोगबारे व्यावहारिक तथा वैज्ञानिक जानकारी पाउनुका साथै समुदायमा चेतना फैलाउन शिक्षकहरूको भूमिका महत्वपूर्ण हुने शिक्षा पाएको र विद्यालयमा विद्यार्थीमाझ यस्ता जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विजया कर्माचार्यले पनि बोल्नभुएको सो कार्यक्रममा सहभागी शिक्षकहरूलाई क्षयरोगको सन्देश विद्यार्थी र अभिभावकसम्म पु¥याउन प्रेरित गरिएको थियो । कार्यक्रमका सहजकर्ता अञ्जना खड्का हुनुहुन्थ्यो ।
यसैगरी, आयोजकले जेठ २३ गते वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ । जसमा विद्यालयस्तरिय विद्यार्थीहरूले भाग लिन सक्नेछन् । सबैका लागि खुला छोटो भिडियो प्रतियोगिता पनि घोषणा गरिएको छ ।
भिडियो क्षयरोगसम्बन्धी कुनै पनि जागरुकता सन्देश समावेश हुनुपर्नेछ । उक्त भिडियो natabhaktapur @gmail.com मा जेठ २२ गतेभित्र पठाइसक्नुपर्ने छ ।
Leave a Reply