भर्खरै :

बासुमा हाउस क्याप्टेन र स्कूल क्याप्टेन छनोटको लागि निर्वाचन

भक्तपुर, ८ जेठ । बासु माविमा हाउस क्याप्टेन र स्कूल क्याप्टेन छनोटको लागि निर्वाचनमार्फत छनोट गरियो ।
उक्त कार्यक्रममा बासु माविका प्रधानाध्यापक रविलाल प्रधानले प्रजातान्त्रिक अभ्यासको रूपमा विद्यार्थीहरूलाई संलग्न गराई निर्वाचन पद्धतिको सिकाइ र व्यावहारिक ढङ्गबाट सिकाउन कोसिस गरेको बताउनुभयो ।
अतिरिक्त क्रियाकलाप समितिका संयोजक रामहरि ताम्राकारले विद्यार्थीहरूलाई मतदाता नामावली, उम्मेदवार दर्ता तथा चुनाव चिह्न प्रदान प्रक्रियासमेत गरी प्रक्रिया पूरा गरी गरिएको निर्वाचन प्रणालीमा जम्मा २२ जना उम्मेदवार रहेकोमा २ जना निर्विरोध निर्वाचित गरेको बताउनुभयो ।
सो निर्वाचन प्रणालीमा विद्यार्थीहरूलाई सुरक्षाकर्मीको रूपमा तयार गरिएको थियो । मतदान अधिकृत र अफिसियलको रूपमा शिक्षकहरूलाई परिचालन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *