यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
‘पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति’ भन्ने मूल नारालाई आत्मसात गरी भक्तपुर नगरपालिका वडा नं. ४, गःहिटीस्थित लक्ष्मीनरसिंह मन्दिर पुनः निर्माण गर्न २०७६ कार्तिक २५ गते सोमबारका दिन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिका वडा नं. ४ मा सयौँ वडावासी भद्रभलादमीहरूको उपस्थितिमा म न्हुछेराम भेलेको अध्यक्षतामा ९ सदस्यीय उपभोक्ता समिति र तत्कालीन वडाध्यक्ष कुमार चवालको संयोजकत्वमा ५ सदस्यीय अनुगमन समिति गठन भएको थियो ।
तत्पश्चात् २०७७ कार्तिक ३० गतेको उपभोक्ता समितिबाट काठको काम गर्न सिकर्मी भ.न.पा. ४ बस्ने बलराम शिल्पकारलाई र डकर्मीको काम गर्न भ.न.पा. ५ बस्ने जगतराम न्हिसुतुलाई जिम्मा दिने निर्णय भयो । मन्दिरको पुरानो अवशेष नभएकोले कसरी बनाउने भन्नेबारेमै धेरै अलमल भयो । त्यसैले नपाका प्राविधिक, विशेषज्ञ र उपभोक्ता समितिका पदाधिकारीहरूबिच पटक पटक छलफल भयो । समान खालका मन्दिरहरूको अध्ययन अवलोकन पनि गरियो । अन्त्यमा सामूहिक छलफलबाट निचोड निकाल्दै निर्माणको काम अगाडि बढाइयो । पहिलो तलाको लागि काठको काम लगभग सबै सकिएपछि मन्दिरको विद्यमान संरचना भत्काउन साइत देखाइयो । २०७८ कार्तिक ३ गते भत्काउनको लागि शुभ साइत दिएकोले भैरवनाथ मूल नाइके तथा लाकोलाछेँ दाफा भजनका गुरु लक्ष्मीभक्त घेमोसुद्वारा पूजा सङ्कल्प गरी साइतअनुसार मन्दिर भत्काउने काम सुरु भयो ।
लक्ष्मीनरसिंहको मूर्ति स्थानान्तरणको लागि जुरेको साइतअनुसार २०७८ कार्तिक २७ गते भैरवनाथ मूल नाइकेद्वारा पूजा सङ्कल्प गरी विनोदराज शर्मा, कृष्णराज जोशी र विक्रम कर्माचार्यबाट संयुक्त पूजा पाठ गरी माता लक्ष्मीको वाहन गाईमार्फत मूर्ति तानी बाजागाजाका साथ वडावासी भद्रभलादमीहरूको उपस्थितिमा भ.न.पा. ३, भनपुखु सम्पदा शाखामा मूर्ति स्थानान्तरण गरियो ।
२०७८ मङ्सिर २७ गते नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा लक्ष्मीनरसिंह मन्दिर शिलान्यास कार्यक्रम भएको थियो ।
भक्तपुर नगरपालिकाद्वारा पहिलो चरणदेखि (छैटौँ) अन्तिम चरणसम्ममा लागत इस्टिमेट रु. ७,७७,११,८३८.५६ (सात करोड सतहत्तर लाख एघार हजार आठ सय अठतीस रूपैयाँ छपन्न पैसा मात्र) भएकोमा रु.४,८३,०४,३८५.८० खर्च भएको अर्थात् लागत इस्टिमेटको ६३ प्रतिशत खर्चमा कार्य सम्पन्न भएको जानकारी गर्दछु । उक्त कार्यको प्राविधिक मूल्याङ्कन रु. ५,१८,३८,०९४.५२ (पाँच करोड अठार लाख अठतीस हजार चौरान्नब्बे रूपैयाँ बाउन्न पैसा मात्र) रहेको प्रतिवेदनमा उल्लेख छ ।
मन्दिरको निर्माणको शुभारम्भदेखि अन्तिम चरणसम्म विभिन्न गुठी, दाफा भजन, सङ्घ संस्था, नगरवासी तथा वडावासी भद्रभलादमीहरूबाट रु.२२,६६,६३८.५५ (बाइस लाख छयसठी हजार छ सय अठतीस रूपैयाँ पचपन्न पैसा) आर्थिक सहयोग प्राप्त भएको व्यहोरा जानकारी गर्दछु ।
मन्दिर निर्माणको शुभारम्भदेखि अन्तिम चरणसम्म विभिन्न दाफा भजन, गुठी, सङ्घसंस्था, महिला समूह, आमा समूह तथा विभिन्न महानुभावहरूसमेत गरी ७५० जनाभन्दा बढी सम्पदाप्रेमी तथा संस्कृतिप्रेमी महानुभावहरूबाट श्रमदान प्राप्त भएको व्यहोरा जानकारी गर्दछु । मन्दिर निर्माणको लागि शुभारम्भदेखि अन्तिम चरणसम्म जिन्सी सामान सहयोग गर्ने महानुभावहरू निम्नानुसार छन् ः
१) हरिगोविन्द प्रजापतिबाट ६ देखि १२ फिट र २० फिटको गरी जम्मा ५९३ वटा पाइप र क्लाम्प ३०० वटा निःशुल्क सहयोग ।
२) श्यामसुन्दर सिङ्ख्वालबाट ज्याकी पाइप, २० फिटको पाइप, १५ फिटको पाइप र ५ फिटको गरी जम्मा १४ वटा पाइप निःशुल्क सहयोग ।
३) तीर्थराम कासिछ्वाबाट २० फिटको ८० वटा, ५ देखि १४ फिटको ४५ वटा र क्लाम्प ५० वटा गरी जम्मा १७५ वटा पाइप न्यूनतम सःशुल्क सहयोग ।
४) जीतबहादुर लामाबाट पुरानो ढुङ्गा र वाकर मेसिन निःशुल्क सहयोग ।
५) तुल्सीराम प्रजापति र विश्वराम खाइतुबाट काठको भ¥याङ निःशुल्क सहयोग ।
६) मोहनप्रसाद प्रजापतिबाट माटो मुछ्ने मेसिन र जलधाराको लागि बाग ध्वं निःशुल्क सहयोग ।
७) रत्नसुन्दर सिङ्ख्वालबाट झिङ्गटी इँटा सफा गर्ने मेसिन निःशुल्क सहयोग ।
८) तीलमाधव नारायण मन्दिरबाट पानी तान्ने पम्प र पाइप निःशुल्क सहयोग ।
९) सामूहिक साकोसबाट स्क्वायर पाइप निःशुल्क सहयोग ।
१०) साधुराम प्रजापतिबाट छानाको लागि ८ वटा ग्वङ्ग अप्पा ।
११) युवक किशोर राजभण्डारीले झिङ्गटी इँटा ६००० वटा, राजाराम खाइतुले १००० वटा, कृष्णगोपाल बखुन्छेले २३०० वटा, रामगोपाल सिंख्वालले १५०० वटा र सुरेश प्रजापतिले सिंहासनको लागि २ वटा ढुङ्गा निःशुल्क सहयोग गर्नुभएको थियो ।
सम्पदा पुनःनिर्माणको क्रममा विभिन्न विषयमा छलफल तथा निर्णय गरी कार्य अगाडि बढाउन विभिन्न मितिमा ३१ पटक बैठक बसी निर्णयानुसार काम सम्पन्न गरिएको थियो ।
‘पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति’ लाई साकार पार्न नेपाल मजदुर किसान पार्टीको घोषणापत्रअनुसार सम्पदा संरक्षणमा थोरै योगदान गर्ने अवसर प्रदान गर्नुभएकोमा उपभोक्ता समिति तथा अनुगमन समितिको तर्फबाट धन्यवाद दिन चाहन्छु । यस लक्ष्मीनरसिंह मन्दिर पुनः निर्माणमा आर्थिक, भौतिक तथा श्रमदान गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गर्दछु । दत्तचित्त भई काम गर्ने सिकर्मी र डकर्मी तथा ज्यामीहरूलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु । सम्पदा संरक्षण तथा पुनः निर्माण कार्यमा सदा सहयोगको अपेक्षा गर्दछु ।
(यो प्रतिवेदन
जेठ ६ गते भएको लक्ष्मीनरसिंह मन्दिर उद्घाटनको दिन प्रस्तुत गर्नुभएको हो । सं.)
Leave a Reply