भर्खरै :

छायाँमा परेको नेपाल–पाक सम्बन्ध

मुन्ना देवान
पाकिस्तानी प्रधानमन्त्री शहीद खकान अब्बासी औपचारिक भ्रमणका लागि सोमबार नेपाल आए । नेपाल र पाकिस्तानबीचको कुटनीतिक सम्बन्ध स्थापना भएको आधा शताब्दीभन्दा बढी समय भइसकेको छ । दुई देशबीचको कुटनीतिक सम्बन्धको आरम्भ सन् १९६० को मार्च २९ मा भएको थियो । दुवै देश दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका सदस्य हुन् । साथै अन्तर्राष्ट्रिय क्षेत्रमा दुई देशबीच आपसी सहयोग आदानप्रदान हुँदै आएको छ ।
भौगोलिक रुपमा नजिकका देशहरु भएर पनि नेपाल र पाकिस्तानबीचको कुटनीतिक सम्बन्धले जुन गति लिनुपर्ने हो, लिनसकेको छैन । लामो समय पछि पाकिस्तानबाट उच्चस्तरीय सरकारी टोली प्रधानमन्त्री अब्बासीको नेतृत्वमा सोमबार आएको हो ।
नेपाल र पाकिस्तानबीचको कुटनीतिक सम्बन्ध सधैं हाम्रो अर्को छिमेकी देश भारतकै कारण छायाँमा पर्दै आएको छ । नेपाललाई आफ्नै प्रभाव भूमि मान्ने भारतीय शासक वर्गीय चिन्तन, भारत र पाकिस्तानबीचको लामो शत्रुतापूर्ण सम्बन्ध र नेपालका शासक वर्गको भारतको क्षेत्रीय सर्वोच्चता स्वीकार्ने पराधीन व्यवहारका कारण नेपालसँग आधा दशकभन्दा लामो कुटनीतिक सम्बन्धले द्रुत गति लिन सकेको छैन । त्यसो त पाकिस्तानको उथलपुथलपूर्ण राजनीतिक घटनाक्रमले पनि दुई देशबीचको सम्बन्ध प्रगाढ बन्न नसकेको हो ।
नेपाली जनतालाई भूगोलका हिसाबले निकै टाढाको देशबारे जानकारी भए जति पनि पाकिस्तानबारे थाहा नहुनु दुई देशबीचको कुटनीतिक सम्बन्ध गतिवान नभएर नै हो ।

नेपाललाई आफ्नै प्रभाव भूमि मान्ने भारतीय शासक वर्गीय चिन्तन, भारत र पाकिस्तानबीचको लामो शत्रुतापूर्ण सम्बन्ध र नेपालका शासक वर्गको भारतको क्षेत्रीय सर्वोच्चता स्वीकार्ने पराधीन व्यवहारका कारण नेपालसँग आधा दशकभन्दा लामो कुटनीतिक सम्बन्धले द्रुत गति लिन सकेको छैन । त्यसो त पाकिस्तानको उथलपुथलपूर्ण राजनीतिक घटनाक्रमले पनि दुई देशबीचको सम्बन्ध प्रगाढ बन्न नसकेको हो ।

आफ्नो बाहेक अरु कसैको प्रभाव आफ्ना छिमेकमा नपरोस्, अझ आफ्नो शत्रुको त पर्दै नपरोस् भन्ने भारतीय शासक वर्गको चिन्तनको कारण आज पाकिस्तान र नेपालको कुटनीतिक सम्बन्ध सीमित छ । पाकिस्तानसँगको सम्बन्धलाई बलियो बनाउँदा भारत रिसाउने पो हो कि भन्ने नेपाली शासक वर्गको चिन्ताका कारण पनि यो स्थिति आएको हो । यसबाट नेपालको असन्तुलित कुटनीतिक सम्बन्ध र असमान विदेश नीति सतहमा ल्याएको छ ।
सार्वभौम देश भएका कारण नेपाल कुनै पनि मित्रदेशसँग कुटनीतिक सम्बन्ध राख्न स्वतन्त्र छ । भूराजनीतिक अवस्थाका कारण पनि नेपालले छिमेकका दुई ठूल्ठूला देशहरुबाहेक अरु देशसँग पनि सम्बन्ध विकास गर्नुपर्दछ । पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमणले लामो समयदेखि औपचारिकतामा मात्र सीमित सम्बन्धलाई गति दिन योगदान गर्नेछ । अब्बासीको भ्रमण भारतीय संकीर्ण परराष्ट्रवेत्ताहरुका लागि अरुचिकर हुनसक्छ । तर नेपालको कुटनीतिक गतिविधि कुन देशको लागि रुचिकर वा अरुचिकर भन्दा पनि नेपाल र नेपाली जनताको लागि हितकर छ–छैन भन्ने कुराबाट निक्र्यौल हुनुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *