भर्खरै :

माओवादी कार्यकर्ता मारेकोमा भारत सरकारको निन्दा

काठमाडौँ, मे २२ । भारतको छत्तीसगढा राज्यमा मे २१ बुधबार सरकारी सेनाले २७ माओवादी विद्रोहीको हत्या गरेकोमा वक्तव्य जारी गर्दै भाकपा (माक्र्सवादी) को पोलिटब्युरोले हत्याको निन्दा गरेको छ ।
वक्तव्यमा भनिएको छ, “छत्तीसगढमा महासचिव नाम्बाला केशवरावसहित २७ माओवादीहरूको हत्या गरेकोमा भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) सरकारको भत्र्सना गर्दछ ।
माओवादीहरूले वार्ताका लागि बारम्बार आह्वान गरे पनि केन्द्र सरकार तथा भाजपा नेतृत्वको छत्तीसगढ राज्य सरकार संवादमार्फत समाधानमा जान चाहेन । यसको विपरीत तिनीहरूले हत्या गर्ने र सफाया गर्ने अमानवीय नीति अङ्गीकार गर्दै छन् ।
गृहमन्त्रीको वक्तव्यमा अन्तिम म्याद दोहो¥याइयो भने छत्तीसगढका मुख्यमन्त्रीको वक्तव्यमा संवादको आवश्यकता नै नभएको बताइयो । यी दुवै वक्तव्य प्रजातन्त्रविरोधी छन् । यसबाट फासीवादी रवैया प्रतिबिम्बित हुन्छ; मान्छेको हत्यामा रमाएको देखिन्छ ।
धेरै राजनीतिक दल र सरोकारवाला नागरिकहरूले सरकारलाई संवादको लागि आग्रह गरेका थिए । माओवादीहरूको राजनीतिमा हाम्रो विमति भए तापनि हामी सरकारलाई तत्काल हाम्रो संवादको आग्रह स्वीकार गर्न एवम् सम्पूर्ण अर्धसैन्य कारबाहीहरू रोक्न माग गर्छौँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *