कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, ९ जेठ । शारदा माध्यमिक विद्यालय यालाछेँ–२, भक्तपुरको आयोजनामा शैक्षिक सत्र २०८२ मा नयाँ भर्ना भएका विद्यार्थीहरूको सम्मानमा स्वागत एवम् सांस्कृतिक कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दामोदर सुवालले विद्यालयमा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूलाई विद्यालयमा स्वागत गर्दै विद्यार्थीहरूलाई नियमित कर्ममा लाग्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “विद्यालयले विद्यार्थीहरूका लागि अध्ययन सँगसँगै सीपको विकासमा ध्यान पु¥याउन विभिन्न सीपमूलक शिक्षाको व्यवस्था गरेको छ । सीपबिनाको अध्ययनले जीवनको लक्ष्यमा पुग्न कठिन हुने र सीपले विद्यार्थीमा सृजनात्मक कार्यको विकास गराउँछ ।”
उहाँले कुनै पनि विद्यार्थीका लागि सीप र अनुशासन महत्वपूर्ण हुने बताउँदै देशका शासक दलका नेताहरूमा सीप र अनुशासन दुबै नभएकोले जनताले दुःख पाइरहेको बताउनुभयो । उहाँले भालिका देशका कर्णधार मानिने विद्यार्थीहरूका लागि सीप र अनुशासन हासिल गर्न मेहनत गर्नुपर्ने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य हिमालयश्वरलाल मूलले विगत एक दशकदेखि विद्यार्थीहरूका लागि सीपमूलक शिक्षाको सुरुवात गरेको बताउँदै सीपमार्फत भविष्यमा आप्mनो लक्ष्य चुम्न सकिने बताउनुभयो । उहाँले सीपबिनाको अध्ययनले मानिस सफल नहुने बताउँदै आगामी दिनमा पनि सीपका नयाँ–नयाँ विधाहरू विद्यालयले थप्दै जाने बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् विद्यालयका प्रधानाध्यापक रोशनराज तुईतईले विद्यालयमा उपस्थित हुँदा विद्यालयको आफ्नै नियम र अनुशासनमा उपस्थित हुनुपर्ने बताउँदै नियमित विद्यालय उपस्थित नहुने विद्यार्थीले प्रगति गर्न नसक्ने र सफलता हासिल गर्न नसकिने बताउनुभयो । विद्यालयले विद्यार्थीहरूको आवश्यकताअनुसार उपचारात्मक कक्षासमेत सञ्चालन गर्दै आएको बताउँदै उहाँले उत्साहित भएर नियमित अध्ययन कार्यमा लाग्न सुझाव दिनुभयो ।
कार्यक्रममा विद्यालयका शिक्षकहरू युवराज पराजुली, चनादेवी श्रेष्ठ, शीला थापालगायतले नयाँ विद्यार्थीहरूलाई स्वागत गर्नुभएको थियो । कार्यक्रममा सांस्कृतिक प्रस्तुति पनि देखाइएको थियो ।
Leave a Reply