नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
भक्तपुर, ११ जेठ । डिप्लोमा इन्जिनियर्स एसोसियसन, नेपाल (डिन) को ४५ औँ वार्षिकोत्सवको अवसरमा डिप्लोमा इन्जिनियर्स एसोसियसन, भक्तपुर जिल्ला समितिको आयोजनामा आइतबार रक्तदान कार्यक्रम भयो । सो कार्यक्रममा डिनका केन्द्रीय अध्यक्ष कामेश्वरप्रसाद सिंहले रगतको पाकेट वितरण गरी उद्घाटन गर्नुभएको थियो ।
रक्त अभियन्ता लक्ष्मण जोशी र १४८ पटक रक्तदान गर्ने वीरेन्द्र जोशीले रक्तदानको महत्वबारे प्रकाश पार्नुभएको थियो । डिनका जिल्ला अध्यक्ष श्रद्धा सिन्ताकलले स्वागत भाषण गर्नुभएको थियो । कार्यक्रममा पूर्वकेन्द्रीय सदस्य विजयराम कोजुले कार्यक्रमको आवश्यकताबारे चर्चा गर्नुभयो । कार्यक्रममा २३ जनाले रक्तदान गर्नुभएको थियो ।
Leave a Reply