भर्खरै :

वाग्मती प्रदेशस्तरीय आमन्त्रण मेयर कप कराँते प्रतियोगिता सम्पन्न

वाग्मती प्रदेशस्तरीय आमन्त्रण मेयर कप कराँते प्रतियोगिता सम्पन्न

भक्तपुर, ११ जेठ । वाग्मती प्रदेशका १३ जिल्लाका १५ स्थानीय तहका खेलाडीहरूको सहभागिता रहेको प्रदेशस्तरीय आमन्त्रण मेयर कप कराँते प्रतियोगिता–२०८१ मा सूर्यविनायक नगरपालिकाले पाँच स्वर्ण र एक रजत पदक जित्दै समग्र उपाधि हात पार्न सफल भएको छ ।
प्रतियोगितामा गोकर्णेश्वर नगरपालिकाले तीन स्वर्ण, एक रजत र तीन कांस्यसहित सात पदक जित्दै दोस्रो स्थान हासिल ग¥यो भने काठमाडौँ महानगरपालिकाले दुई स्वर्ण, एक रजत र पाँच कांस्यसहित तेस्रो स्थानमा चित्त बुझायो । पुरुषतर्फ गोदावरी नगरपालिकाका राज ब्लोन र महिलातर्फ साँगाचोकगढी नगरपालिकाकी आशिका तामाङ उत्कृष्ट खेलाडी भए ।
प्रतियोगिता सूर्यविनायक नगर सितोरियो कराँते सङ्घको आयोजना र सूर्यविनायक नगरपालिकाको विशेष प्रायोजनमा भक्तपुरमा जेठ ९ र १० गते सम्पन्न भएको हो ।
प्रतियोगितामा १२० पुरुष र ९० महिला खेलाडी गरी २१० खेलाडी सहभागी थिए । सहभागी नगरपालिकाहरूमा मध्यपुर थिमि, चाँगुनारायण, बनेपा, पाँचखाल, काठमाडौँ, बुढानीलकण्ठ, गोदावरी, गोकर्णेश्वर, वाग्मती गाउँपालिका, टोखा, साँगाचोकगढी, पनौती, धुलिखेल आदि रहेका छन् ।
प्रतियोगिता पुरुषतर्फ ३५ केजीदेखि ६७ं केजीसम्म र महिलातर्फ ३५ केजीदेखि ६१ केजीसम्मको तौल समूहमा भएको थियो । महिला–पुरुष व्यक्तिगत काता तथा टीम काता खेलमा पनि प्रतियोगिता आयोजना गरिएको थियो । सम्पूर्ण खेलहरू World Karate Federation (WKF), Asian Karate Federation (AKF) र Nepal Karate Federation (NKF) को मापदण्डअनुसार सञ्चालन गरिएको थियो ।
कार्यक्रममा कराँते खेलको विकासमा विशेष योगदान पु¥याउने खेल प्रशिक्षक, व्यवस्थापक, तथा सङ्घ प्रतिनिधिहरूलाई सम्मान गरिएको थियो । प्रतियोगिताका चिफ रेफ्री प्रकाशमोहन धौभडेल रहनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *