भर्खरै :

नगर प्रमुख प्रजापतिद्वारा तालिम निरीक्षण

नगर प्रमुख प्रजापतिद्वारा तालिम निरीक्षण

भक्तपुर, १२ जेठ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चालन भएको आधारभूत छालाको जुत्ता, ब्याग/झोला, मखमली जुत्ता, बेकरी बनाउने तालिम निरीक्षण गर्नुभयो ।
उहाँले प्रशिक्षार्थीहरूलाई तालिमबाट सिकेको ज्ञान र सीपलाई व्यवहारिक र व्यावसायिक रूपमा प्रयोगमा ल्याउन प्रेरित गर्नुभयो ।
प्रशिक्षार्थीहरूले आफूहरूको लागि तालिम प्रभावकारी भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *