भर्खरै :

भनपा वडा नं ३ मा पाठेघर तथा स्तन परीक्षण

भनपा वडा नं ३ मा पाठेघर तथा स्तन परीक्षण

भक्तपुर, १२ जेठ । भक्तपुर नगरपालिका वडा नं ३ को आयोजनामा शनिबार ख्वप अस्पतालको प्राविधिक सहयोगमा पाठेघर तथा स्तन परीक्षण गरियो । भनपा वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको प्रमुख आतिथ्यमा भएको उक्त शिविर डा. एन्जा सुजखुलाई सामान हस्तान्तरण गरी शुभारम्भ गरिएको थियो ।
कार्यक्रममा वडाध्यक्ष गोराले भक्तपुर नगरपालिकाले जनताको स्वास्थ्यलाई मध्यनजर गरी समय समयमा विभिन्न रोगहरूको स्वास्थ्य शिविर सञ्चालन गरिरहेको प्रस्टयाउनुभयो ।
कार्यपालिका सदस्य सुनिता अवाल र डा. एन्जा सुजखुले पनि बोल्नुभएको उक्त शिविरमा १८८ जना महिलाले स्वास्थ्य परीक्षण गराएका थिए । शिविरमा औषधि निःशुल्क वितरण गरिएको थियो ।
शिविरमा डा. कृष्णप्यारी दुगुजु, डा. एन्जा सुजखु, विभिन्न वडाका नर्सहरू, महिला स्वास्थ्य स्वयम्सेविका, कर्मचारी तथा स्थानीयहरूले आवश्यक सहयोग गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *