नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
भक्तपुर, १२ जेठ । जिल्ला आयुर्वेदिक कार्यालयको प्राविधिक सहयोगमा नसर्ने रोगको रोकथाम तथा नियन्त्रणको लागि स्वस्थ जीवन प्रवद्र्धन कार्यक्रम सोमबार सम्पन्न भयो । कार्यक्रममा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद हयौँमिखाले रोगको समयमै उपचार गर्नुपर्ने बताउनुभयो । उहाँले न.पा.ले स्वास्थ्य क्षेत्रमा गरेको योगदान र काम कारबाहीबारे जानकारी दिनुभयो ।
कार्यक्रममा डा. रत्नसुन्दर लासिवाले प्रारम्भिक समयमै रोगको पहिचान गरी रोकथाम गरे कम खर्चमै दीर्घरोगबाट जोगिन सकिने बताउनुभयो । उहाँले नसर्ने रोगको स्रोत ब्लड प्रेसर र चिनी रोग भएको हुँदा यो रोगबाट बच्न खानपिनमा बढी ध्यान दिनुपर्ने बताउनुभयो ।
सभापतिको आसनबाट जिल्ला आयुर्वेदिक कार्यालयका कार्यालय प्रमुख डा. नदन कँडेलले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि स्वस्थ जीवन प्रवद्र्धनको लागि गर्नुपर्ने दिनचर्या र खानपानसम्बन्धी अभिमुखीकरण गर्नुभएको थियो । शिविरमा ८३ जनाले स्वास्थ्य जाँच गराएका थिए ।
Leave a Reply