नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
भक्तपुर, १२ जेठ । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.को अन्तरलगानी तथा वित्तीय सेवा प्रवद्र्धन उपसमितिको आयोजनामा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घको प्राविधिक साझेदारीमा सहकारीमा पुँजी कोष पर्याप्तता (CAR) र पल्र्स अनुगमन प्रणाली तालिम सम्पन्न भयो ।
सङ्घका अध्यक्ष कृष्णगोविन्द लाखाजुले बचत तथा ऋणको एकल उद्देश्यबमोजिम बचत तथा ऋण सहकारी सङ्घहरूले सदस्य संस्थाको बचत स्वीकार्ने र ऋण लगानी कार्य सहकारी ऐनमा व्यवस्था भएबमोजिम गरिरहेको बताउनुभयो । बैङ्क तथा वित्तीय संस्थालाई पोषणको निम्ति नै बचत तथा ऋण मुख्य कारोबार गर्ने सहकारी सङ्घ तथा संस्थाहरूको वृद्धि विकासमा सङ्कुचन हुने गरी मापदण्ड जारी भएको उहाँको भनाइ थियो ।
उहाँले समग्र सहकारी अभियानलाई कमजोर र धराशायी बनाउने गरी जारी मापदण्डको तत्काल परिमार्जनको लागि माग गर्नुभयो ।
उहाँले जारी मापदण्डमा तरलतासम्बन्धी व्यवस्थालगायतका विषय तत्काल सच्याउनुपर्ने अन्यथा कानुनी उपचारमा सहकारी अभियान लाग्नुपर्ने बताउनुभयो ।
सङ्घका कोषाध्यक्ष एवं अन्तरलगानी तथा वित्तीय सेवा प्रवद्र्धन उपसमितिका संयोजक कान्छाभक्त घजुले संस्थाले पुजीकोष पर्याप्तता र पल्र्सको अनुपात हेरेर मात्र सदस्यको बचत लिने र जोखिम कति लिन सकिन्छ भन्ने कुरा थाहा पाउने बताउनुभयो । उहाँले सिकेका ज्ञान, सीप कार्यरत संस्थामा प्रयोग गरी दक्षता हासिल गर्नुपर्ने विचार राख्नुभयो ।
सङ्घका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले वित्तीय कारोबार गरेकै आधारमा बचत तथा ऋण सहकारीलाई बैङ्क भयो भन्नु गलत भएको बताउनुभयो । उहाँले बचत तथा ऋण कारोबारको सीमाको आधारमा वर्गीकरण गरी नेपाल राष्ट्र बैङ्कबाट बैङ्किङ इजाजत लिने व्यवस्था गर्नुपर्ने बताउनुुभयो । उहाँले व्यवहारिक तथा प्रगतिशील कानुनको आवश्यकता रहेको बताउनुभयो ।
सङ्घको उपसमितिका सदस्य राजकुमार लघुुले सहकारीमा पुँजी कोष पर्याप्तता (CAR) र पल्र्स अनुगमन प्रणाली तालिम प्राविधिक विषय भएकोले यसको निरन्तर प्रयोग र सिकाइ गर्नुपर्ने विचार राख्दै स्वागत मन्तव्य दिनुभयो ।
नेफस्कुनका बल्लभ तिमल्सिनाले सहकारीमा पुँजी कोष पर्याप्तता (CAR) को बारेमा र नेफस्कुनकै प्रशिक्षक उमेश कोइरालाले पल्र्स अनुगमन प्रणालीबारे बताउनुभयो । तालिमको आवश्यकताबारे सङ्घका कर्मचारी रोकेश जोशीले गर्नुभएको थियो ।
Leave a Reply