नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
भक्तपुर, १२ जेठ । सिम्रिक साकोसले १६ औँ स्थापना दिवसको अवसरमा निःशुल्क दन्त शिविर आयोजना गरेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा रहेको सो सहकारीले स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत दन्त शिविर आयोजना गरेको हो ।
शनिबार सहकारीको प्राङ्णमा आयोजित उक्त शिविरको लागि भक्तपुरको च्याम्हासिंहस्थित स्माइल टेक डेन्टल क्लिनिकले प्राविधिक सहयोग गरेको थियो । शिविरमा विभिन्न स्थानका १५० बढी सहभागी भई दन्त परीक्षण गराएको आयोजकले जनाएको छ ।
शिविर सम्पन्न गर्न सहयोग गर्ने डेन्टल क्लिनिकका स्वास्थ्यकर्मी, प्राविधिकसहित स्थानीय सुनिल पण्डितलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा डाक्टरहरू पूजा गाइँजू, उरूषा गाइँजू, प्रिया मानन्धर, फरिदा कार्की, जेनिशा खायमली, रमिला खड्का, अनिल कासुलालाई सम्मान गरिएको थियो । सहकारीले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गतका विभिन्न गतिविधि गर्ने सचिव हरिसुन्दर छुकांले बताउनुभयो ।
Leave a Reply