प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा : संयुक्त राष्ट्रसङ्घ
- असार ९, २०८३
भक्तपुर, १३ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ लमा शैक्षिक वर्ष २०८१/८२ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम मङ्गलबार सम्पन्न भयो ।
कार्यक्रममा अतिथि बिजुक्छेँले व्यक्ति, समाज, राष्ट्र र विश्वलाई गतिशील, शान्त, समान र व्यवस्थित गर्ने संहिता नै कानुन हो भन्दै कानुनले सत्य र न्यायको सुनिश्चितता गर्नुपर्ने बताउनुभयो ।
कानुनको अज्ञानता र अवहेलना क्षम्य नहुने बताउँदै उहाँले कानुनको उल्लङ्घन दण्डनीय हुने हुँदा कानुनबारे सबै सचेत र सहज हुनुपर्ने बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले न्यायालय निष्पक्ष हुुनुपर्ने बताउँदै अधिवक्ताहरूले राष्ट्र र समाजलाई हानि हुने काम र झूटा कुरा गरेर मुद्दा जित्ने प्रयत्न कहिल्यै गर्न नहुने बताउनुभयो ।
कानुनी शिक्षा सबै विषय र क्षेत्रमा अति आवश्यक विषय भएको हुँदा विद्यालय तहदेखि नै कानुनी शिक्षामा जोड दिन सके विद्यार्थीहरूमा व्यापक दृष्टिकोणको विकास हुने उहाँले प्रस्ट पार्नुभयो ।
कतिपय अवस्थामा अपराध नियतले नभई परिस्थितिले पनि गर्न बाध्य पार्ने बताउँदै उहाँले यस्तो अवस्थामा अपराधी स्वयम्भन्दा पनि अपराध हुने स्थिति तयार गर्ने तत्वहरू दोषी हुने बताउनुभयो ।
ल कलेजले विद्यार्थीहरूलाई कानुनबाहेक देशको भूगोल, राजनीतिशास्त्र, धर्म, इतिहासबारे पनि अध्ययन गराउनुपर्ने बताउँदै उहाँले कानुनका विद्यार्थीहरूले तात्कालीन राजनीतिक र सामाजिक विषयबारे पनि अध्ययनमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले निर्वाचनको घोषणापत्रमा नयाँ–नयाँ विषयका कलेजहरू सञ्चालन गर्ने प्रतिबद्धताअनुसार विद्यार्थीको चाहना र देशको आवश्यकताअनुसार २०७९ सालबाट ख्वप कलेज अफ ल सञ्चालनमा ल्याएको बताउनुभयो ।
सीमित सीट सङ्ख्याका कारण चाहेर पनि ख्वप कलेज अफ लले धेरै विद्यार्थीलाई कानुन अध्यापन गराउन नसकिरहेको बताउँदै उहाँले कानुनका विद्यार्थीहरू सामाजिक र व्यवहारिकरूपमा पनि अब्बल बन्नुपर्छ भन्नुभयो ।
प्रमुख प्रजापतिले पुँजीवादी गणतन्त्रको विकल्प वैज्ञानिक समाजवाद हो भन्दै समाजवादी गणतन्त्र नै कामदारवर्गको प्रजातन्त्र हो भन्नुभयो ।
सञ्चालक समितिका उपाध्यक्ष एवं उपप्रमुख रजनी जोशीले भक्तपुरलाई शैक्षिकरूपमा अगाडि बढाउन नगरपालिकाद्वारा सञ्चालित कलेजहरूको महत्वपूर्ण देन रहेको बताउँदै नगरपालिकाको ख्वप विश्वविद्यालय सञ्चालन गर्ने उद्देश्य ढिलोचाँडो पूरा हुने विश्वास व्यक्त गनुभयो ।
कानुन अध्ययन समाज नेपालका अध्यक्ष रामप्रसाद प्रजापतिले कानुन व्यवसाय झन्झन् चुनौतीपूर्ण बन्दै गइरहेको उल्लेख गर्दै कानुन व्यवसायीहरू कानुन निर्माणको उद्देश्यबारे प्रस्ट हुनुपर्ने बताउनुभयो ।
कानुन व्यवसायीहरूले अन्तर्राष्ट्रिय विषयमा पनि अध्ययन अनुसन्धान गरी व्यापक दृष्टिकोण लिएर काम गर्नुपर्नेमा जोड दिँदै उहाँले न्यायाधीश नियुक्तिमा भागबन्डाको राजनीतिले गर्दा देशको न्यायालय दुर्गन्धित बनिरहेको बताउनुभयो ।
ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले नयाँ–नयाँ ज्ञान र सीप सिक्नबाट विद्यार्थीहरू सधैँ अभिप्रेरित भइरहनुपर्ने बताउँदै सिकाइले हाम्रो अज्ञानताबारे अझ प्रस्ट हुने अवसर प्रदान गर्ने बताउनुभयो ।
ख्वप कलेज अफ लका प्राचार्य अनिता जधारीले कलेज स्थापनाको उद्देश्यबारे प्रस्ट पार्दै न्याय र समानताको लागि विद्यार्थीहरूले सत्यको पक्षमा लड्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यार्थी प्रतिनिधि दिलबहादुर भण्डारी र जिविता कुँवरले ख्वप कलेज अफ लमा अध्ययन गर्दाको अनुभव बताउनुभएको थियो भने विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम देखाएका थिए ।
Leave a Reply