क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
– कृतिका
‘कामी हुँ, कहाँ कहाँ लगाउँछौं ताल्चा ?’ विश्वास खड्काथोकीद्वारा मंगलबारको नयाँ पत्रिकाको मध्यपृष्ठमा छापिएको लेखको शीर्षक हो । आफ्नो लेखमा खड्काथोकीले आफू तल्लो जातको (कामी) भएकै कारण राजधानीमा कोठा भाडामा पाउन नसकेको गुनासो आफ्नो लेखमा प्रस्तुत गर्नुभएको छ । राजधानी जस्तो ठाउँमा आफू कोठाबाट बहिष्कृत हुनुपरेकोमा आफ्नो पीडा उहाँले आफ्नो लेखमा प्रस्तुत गर्नुभयो । ४ वर्षदेखि काठमाडौंमा बस्दै आउनुभएका खड्काथोकी पेशाले पत्रकार हुनुहुन्छ र आफ्नो उक्त लेखमा उहाँले काठमाडौंका सबै मन्त्रालय तथा फाइभस्टार होटलहरूमा रिपोर्टिङको सिलसिलामा पुगेको र रिसोर्टहरूमा पुगेर भेदभाव तथा छुवाछुत कसुर सजाय ऐनबारे भाग लिएको र बहसमा सहभागी भएको उल्लेख गर्नुभयो । काठमाडौंमा कोठा पाउनको निम्ति ठूलै सङ्घर्ष गर्नुपरेको र कोठा खोज्ने क्रममा निकै अपमान बेहोर्नुपरेको उहाँको कथन छ । जातकै कारण देशको राजधानीमा आफू लगायतका अन्य केही साथीहरू अपहेलित हुन पुगेकोमा उहाँ दुःखेसो पोख्नुहुन्छ । राजधानीवासीप्रतिे उहाँले व्यक्त गर्नुभएको आक्रोश स्वाभाविक हो । तर राजधानीवासीहरूमध्ये दलितहरू पनि कम संख्यामा छैनन् ।
छुवाछुत र भेदभावका आयामहरू हाम्रो समाजमा सदियौंदेखि चलिआएको यथार्थ हामीले बुझेकै छौं । नेपाली समाजमा अहिले पनि जात, भाषा र धर्ममा केही भिन्नता तथा असमझदारीहरू छन् । तर जातीय भिन्नता भन्दा पनि यहाँ वर्गले धेरै भूमिका खेलिरहेको छ । धनी र गरिबबीचको भिन्नताले समाजलाई दुई खेमामा बाँडेको छ । गरिबले सजिलैसँग पढ्न पाउँदैन, ऊसँग आफ्नो व्यक्तित्व विकास गर्न पैसाको अभाव हुन्छ र यसैकारणले ऊ हरेक क्षेत्रमा पछाडि परिरहेको हुन्छ । यसो भन्दैमा उनीहरू कुनै कामको लागि अयोग्य भन्न खोजेको होइन । छिमेकी देश भारतमा दलित वर्गबाट प्रतिनिधित्व गर्ने व्यक्तिहरू राष्ट्रपतिसम्म भएको उदाहरण हामीमाझ छ । यस अर्थमा कोही व्यक्तिको जात नै उसको विशेषता वा गुण हुँदैन । उसको योग्यता र क्षमताले उसलाई समाजमा आफ्नो व्यक्तित्व निखार्न मद्दत गर्छ भन्ने हेक्का हुन जरुरी छ ।
लेखक खड्काथोकीको तल्लो जातको भएकोले आफ्नो व्यक्तित्व विकास गर्न बाधा पुगेको आशय पाठकलाई सही लाग्दैन । यदि एकजना दलितले उच्च शिक्षा हासिल गरेको छ र ऊ क्षमतावान छ भने उसले समान रुपमा कुनै पनि ठाउँमा प्रतियोगिताबाट छानिएर सम्मानजनक सहभागिता जनाउन पाउँछ । जस्तै कुनै अस्पतालमा एउटा दलित जातको व्यक्ति मुटु विशेषज्ञ छ भने बिरामीलाई उसको जातसँग सरोकार हुँदैन । कुनै डाक्टर सानो जातको होला, तर उसको हातबाट उपचार गर्दिनँ भनेर पक्कै भन्नेछैन । बिरामी जतिसुकै धनी भए पनि उसलाई आफ्नो रोग निको पारिदेओस् भन्ने कामना गर्छ । चाहे त्यो दलित डाक्टर होओस् या ठकुरी । कोही दलितसँग पर्याप्त पैसा भएको खण्डमा उसलाई रेष्टुराँ, होटलहरूमा प्रवेश पाउँदैन भन्ने कुरा पनि सही लाग्दैन । होटल तथा रेष्टुराँका मालिकहरूलाई उनीहरूको जातभन्दा पनि उनीहरूको पेशा र उसले खर्च गर्ने पैसासँग मतलब हुन्छ । यसअर्थमा लेखक खड्काथोकीले दलित या तल्लो जातको भएकैले आफूलगायतलाई राजधानीवासीले अपहेलित गरेको भनाइलाई माथिको खण्डनले प्रस्ट बनाउन मद्दत पुग्ने आशा गर्न सकिन्छ । भेदभाव गर्ने व्यक्ति र परिवार धनी वर्गका हुन्छन् ।
यसै सन्दर्भमा नेपाली राजनीतिको एउटा सानो प्रसङ्ग यहाँ जोड्नु उपयुक्त लाग्यो । नेपाली कांग्रेसको संसदीय दलको नेताको निर्वाचनमा पुनः एकपटक पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ । काठमाडौंमा बसोबास गर्ने प्रकाशमान सिंह केही मत अन्तरले उहाँ विजयी हुन सक्नुभएन । व्यक्तित्वको लेखाजोखा गर्ने हो भने देउवा भन्दा प्रकाशमान सिंह कुनै पनि दृष्टिकोणबाट कम छैनन् । तर पनि सभापतिको चुनावमा देउवा नै जिते । यहाँ जात भन्दा पनि पैसा, वर्ग र पहुँचको स्थान महŒवपूर्ण हुन्छ भन्ने पुष्टि भएको छ ।
यसै प्रसङ्गमा खड्काथोकीले सिरियामा चलिरहेको युद्धमा ‘रसियाली सेनाले बर्साएको गोला’ ले भन्दा बढी पीडा हुन्छ भनी टिप्पणी गर्नुभएको छ । यथार्थमा सिरियामा जति पनि उपद्रव मच्चिरहेको छ, साम्राज्यवादी देश संरा अमेरिकाको कारणले सिरियाली जनताले दुःख पाउँदै छन् भन्ने यथार्थ जानकारी उहाँमा हुनुपर्ने हो । पेशाले पत्रकार हुनुभएका उहाँमा यति पनि जानकारी नहुनु आश्चर्यजनक छ ।
बहुमत जनताको चेतनास्तरमा परिवर्तन नभएसम्म, समाजमा जरो गाडेर बसेको विकृति नै किन नहोऊन्, त्यसलाई हटाउन गा¥हो हुन्छ । शासक दलहरू जातिवादी छन् । तर नेपाली जनताले पैसा लिएर जातिवादी दलहरूलाई मत दिनु गलत हो भन्ने कुरा नबुझेसम्म वा जातिवादी दललाई मत दिएसम्म समाजमा परिवर्तन आउँदैन, यसको उदाहरण छिमेकी देश भारत हो ।
साम्यवादी समाज मन पराउने राजनीतिक पार्टीलाई अब नेपाली जनताले आफ्नो अमूल्य मत दिएर जिताउनु आवश्यक छ । आर्थिक समानताको लागि समाजवादी बन्दोबस्त नै अपरिहार्य छ । दलितको पक्ष लिन ऊसँग व्यापक दृष्टिकोणको खाँचो हुन्छ । तर एमाले, माओवादी र पूँजीवादी सरकारमा जाने राजनैतिक दलहरू कम्युनिष्ट होइनन् र समाजवादको उच्चारणसम्म गर्न पनि गा¥हो मान्छन् ।
Leave a Reply