नेपाली भूमिमा परचक्रीको किन गिद्दे दृष्टि ?
- जेष्ठ ८, २०८३
नेपाल भारतपरस्त देश भइरहेकोमा शङ्का छैन । नेपाल भारतनिर्भर देश बनिरहेको छ । नेपाल भारतपरस्त र भारतनिर्भर हुनुमा भारतीय शासक र नेपाली शासकहरू नै दोषी छन् । भारतसँग विभिन्न कालखण्डमा भएको असमान सन्धि, सम्झौता, भारतको दबाब, नाकाबन्दी, सीमा अतिक्रमण तथा भारतीय एकाधिकार पूँजीको लगानीले नेपाल भारतको अधिनष्ठजस्तो देश बनिरहेकोमा शङ्का छैन । एमाले र माओवादी केन्द्रको गठबन्धनको सरकार बन्दैमा नेपाल भारतपरस्त नहुने होइन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाल भारतपरस्त र चीनपरस्त युगबाट समाप्त भएको फुके । अध्यक्ष दाहालको त्यो तर्क खोटपूर्ण छ । नेपाल भारतपरस्त देश भइरहेकोमा शङ्का छैन । नेपाल भारतनिर्भर देश बनिरहेको छ । नेपाल भारतपरस्त र भारतनिर्भर हुनुमा भारतीय शासक र नेपाली शासकहरू नै दोषी छन् । भारतसँग विभिन्न कालखण्डमा भएको असमान सन्धि, सम्झौता, भारतको दबाब, नाकाबन्दी, सीमा अतिक्रमण तथा भारतीय एकाधिकार पूँजीको लगानीले नेपाल भारतको अधिनष्ठजस्तो देश बनिरहेकोमा शङ्का छैन । एमाले र माओवादी केन्द्रको गठबन्धनको सरकार बन्दैमा नेपाल भारतपरस्त नहुने होइन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाल भारतपरस्त र चीनपरस्त युगबाट समाप्त भएको फुके । अध्यक्ष दाहालको त्यो तर्क खोटपूर्ण छ ।
नेपाल चीनपरस्त कहिल्यै भएको छैन । बरु भारतपरस्त भइरहेको छ । अध्यक्ष दाहालले केको आधारमा नेपालमा भारतपरस्त युग समाप्त भएको फुकेका हुन् ? राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ । नेता दाहालले कहीं फुकेर या आफ्नो दलका नेताहरू सरकारमा छिरेको भरमा नेपाल भारतपरस्त नहुने हो ? नेपाल र भारतबीचको असमान सन्धि कायम छ । दुई देशको प्रबुद्ध टोलीले उक्त असमान सन्धिको पुनरावलोक गर्नेबाहेक अरु कुनै निणर्य गर्न सकेको छैन । पुनरावलोकन गरेर के निर्णय या सहमति जनाउने हो कुनै जानकारी बाहिर आएको छैन । अनि नेपालमा भारतपरस्त युग कसरी समाप्त हुन्छ ?
नेपाल भारतपरस्तबाट मुक्त हुन भारतले नेपाललाई मित्रवत् व्यवहार गर्नुपर्छ । नेपालको आन्तरिक मामिलामा प्रत्यक्ष या अप्रत्यक्ष रुपमा भारतले कुनै प्रकारको हस्तक्षेप गर्नु हुँदैन, दबाब दिनुहुँदैन । भारतले भनेझैं बसेन भनेर नाकाबन्दी गर्नुहुँदैन । विगतमा भएका सबै असमान सन्धि र सम्झौता पुनरावलोकन होइन खारेज गर्नुपर्छ । अन्तर्राष्ट्रिय मूल्य र मान्यताविपरीत बनाइएका सबै बाँध तथा तटबन्ध हटाइनुपर्छ । भारतीय एकाधिकार पूँजीबाट नेपाल मुक्त हुनुपर्छ । नेपाल स्वाधीन र सार्वभौम देश बनेको व्यवहारले देखाउनुपर्छ । यी सबै पक्षलाई बिर्सेर अध्यक्ष दाहालले नेपाल भारतपरस्त बनेको युग समाप्त भएको दाबी गरे । अध्यक्ष दाहालको उक्त अभिव्यक्तिले यसअघि नेपाल भारतपरस्त रहेको स्वीकारेको ठहर्छ । गरिरहेको कुनै पनि हस्तक्षेप र दबाब नछोडी दाहालको उक्त अभिव्यक्तिले नेपाल भारतपरस्त युगबाट अन्त्य भएको कसरी पत्याउने ?
–मेरिना शाक्य
Leave a Reply