सरकारी निकायमा हुने बेरुजुको अन्त्य कहिले ?
- जेष्ठ ४, २०८३
भैरव रिसालले नेपाली भूमि लिम्पियाधुरा क्षेत्रका कुटी, नाभी र गुन्जीको जनगणना अधिकृत भई त्यस क्षेत्रको २०१८ सालको जनगणना सम्पन्न गरेका थिए । आज सो नेपाली भूमि परचक्रीको कब्जामा छ । यता शासक कूटनीतिक नोट बुझाइसकियो भनेर सुतेको छ । उता नेपाली भूमि लिपुलेक भएर तीर्थयात्री पठाउँदै छ । उत्तरी मित्रले दक्षिणको देशलाई साथ दिनु हुँदैन । विडम्बना ! परचक्रीले मुलुक चिथोर्दा विभिन्न राजनीतिक दल, बुद्धिजीवी भनिने तप्का, स्वघोषित सीमाविद्, कथित नक्साविद्, कर्मचारी हुँदा महाकाली सन्धि बुझाएर रिटायर भएपछि जलस्रोतविद् कहलिएका र छोराछोरीलाई अमेरिकी नागरिक बनाएकाहरूको देशभक्ति विभाजित छ ।
विगतदेखि वर्तमानसम्म हेर्दा यी सबै दल र पात्र चुकेका छन् । कोही प्रो अमेरिकी छन् चीनको मात्रै विरोध गर्छन् । कोही प्रो इन्डियन छन् ती एमसीसीको सपोर्ट गर्छन् र तर बीआरआइको विरोध गर्छन् । कोही चीन समर्थक छन् भारतको मात्रै विरोध गरेजस्तो गर्छन् अमेरिकी हस्तक्षेप नीतिविरुद्ध बोल्दैनन् ।
कतिपय वामपन्थी दल तथा तिनका नेता कार्यकर्तासम्मले पछिल्लोपटक लिपुलेकमा चीनको नाम जोडिदा सामाजिक सञ्जालमा समेत एक शब्द खर्चिदैनन्, वामपन्थी आवरणकारीले एमसीसीविरुद्ध शब्द नखर्ची समर्थन गरेझैँ । यस मामिलामा काङ्ग्रेस तथा राजावादी–राजसंस्थावादी भनिनेहरू त जहिल्यै एकै ठाउँमा छन् । उनीहरूलाई यी विषय न लुतो न कन्याइ ।
यद्यपि, नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतद्वारा अतिक्रमित भएको हो, चीनले अतिक्रमण गरेको होइन । नेपाली भूमि लिम्पियाधुरामाथि जारी भारतीय अतिक्रमणलाई वैधता दिन खोज्नु गल्ती हो । यो नेपालप्रतिको धोखा हो । नेपाली भूमिमा भएको भारतीय अतिक्रमणलाई वैधता मिल्ने सवालमा चीन तटस्थ बस्नुपर्छ ।
– रतन भण्डारी
Leave a Reply