नदी सुक्ला अनि तर्छु भनी बस्याको
- भाद्र २६, २०८३
हिजो जलाइए
सिंहदरबार शीतल निवास
आज गरिब निमुखाको उठीबास ।
सिंहदरबार छिर्ने
भ्रष्टाचारविरुद्ध सुशासनको नारा
आज किन हुँदै सर्वसाधारण जनता
मारा ?
स्कूले बालबालिका
विकास र समृद्धिमा दिए आफ्नो ज्यान
आज उठीबास हुँदा गएन त्यहाँ ध्यान ।
लोकतन्त्रमा निर्वाचन
जनता जनार्दन हुँदै कसैलाई दुईतिहाइ
कसैलाई संसद्मा सधैँको लागि बिदाइ ।
अवस्थामा परिवर्तन
निमुखा गरिब जनताको बसाइँलाई गैरकानुन
पहुँचवालाले चोख्याइन्छ किलोका किलो सुन ।
नेतृत्वको व्यवहार
कोही बोलेको बोलै गरेर जनतालाई सास्ती
कोही नबोली मौनताले जनतामाथि हान्छ लात्ती ।
व्यवस्था परिवर्तनमा प्रशासन उही
नेपाली भूमि गुमाउन भारतीय सेना प्रहरीको चम्चागिरी
आज निमुखा जनतालाई उठीबास गर्नेहरूको दादागिरी
परिवर्तनको नाउँमा कहाँ गयो
दुईतिहाइको बहुमतमा नेपालको अस्तित्वमाथि गस्ती
लिपुलेक लिम्पयाधुरा नै गुमाउनुपर्दा कसलाई हुन्छ मस्ती ?
Leave a Reply