भर्खरै :

एउटा मौकाको खोजीमा

एउटा मौकाको खोजीमा

यो ठुलो सहरको भीडभित्र
म कतै हराइरहेको छु,
कसैले देख्दैन मलाई,
कसैले भेट्दैन
किनकि
मेरो अगाडि
यो सहरभन्दा ठुलो
एउटा बाध्यता उभिएको छ ।

जहाँ
सङ्गीतको करुण आवाज सुनिँदैन,
सपनाको चिच्याहट गुञ्जिन्छ चारैतिर ।
न बोल्न सजिलो छ यहाँ,
न मौन बस्न नै सजिलो छ ।

हुन सक्छ
बैँसको मात हुन सक्छ,
समयको घात हुन सक्छ,
चेतनाको अँध्यारो रात हुन सक्छ,
वा यो व्यवस्थाकै कठोर हात हुन सक्छ ।

जेसुकै होस्
मेरो अगाडि
एउटा बाध्यता उभिएको छ ।

तर…
तर मैले हार खाएको छैन ।
अगाडि बढ्न तयार छु,
प्रमाणित गर्न सकूँ
म कमजोर होइन ।

म एक सङ्घर्ष हुँ,
म एक क्रान्ति हुँ।

बस,
एउटा मौकाको खोजीमा छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *