भर्खरै :

क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !

क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !

(विदेशमन्त्री मार्को रुबियोले क्युवा अमेरिकाको लागि राष्ट्रिय सुरक्षा खतरा भएको बताएका छन् ।)
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री मार्को रुबियोले क्युवाविरुद्ध सैन्य कारबाहीको नयाँ धम्की दिएका छन् ।
रुबियोले बिहीबार अपराह्न पत्रकारहरूलाई भने कि अमेरिकाविरोधी रूस र चीनसँगको सम्बन्धका कारण क्युवा वर्षौंदेखि राष्ट्रिय सुरक्षा खतरामा बनेको छ, जबकि ट्रम्पले भने कि अन्ततः सैन्य कारबाही गर्ने राष्ट्रपति आफू नै हुनेछु ।
क्युवाली–अमेरिकी व्यक्ति रुबियोलाई अग्रपङ्क्तिमा राखेर ट्रम्प प्रशासनले कम्युनिस्ट नेतृत्वको टापुमा ‘शासन परिवर्तन’ स्थापना गर्ने स्पष्ट प्रयासमा दबाब बढाइरहेको छ, जसमा इन्धन नाकाबन्दी गर्दै क्युवाली अर्थतन्त्रलाई पतनको सङ्घारमा पु¥याएको छ ।
पछिल्ला दिनहरूमा यो पहल तीव्र भएको छ, अमेरिकाले क्युवाका पूर्वराष्ट्रपति राउल क्यास्ट्रोमाथि अभियोग लगाएर क्यारिबियनमा सैन्य बल जम्मा गरेको छ ।
‘राष्ट्र निर्माण’ को सुझावलाई अस्वीकार गर्दै, रुबियोले पत्रकारहरूलाई भने कि यो मुद्दा ‘राष्ट्रिय सुरक्षा’ को हो । उनले थपे कि वार्ता गरिएको सम्झौता अमेरिकाको ‘प्राथमिकता’ भए पनि, क्युवासँगको कूटनीतिको बाटो आसालाग्दो छैन ।
“क्युवाको आर्थिक प्रणालीले काम गर्दैन । यो बिग्रिएको छ र तपाईँ यसलाई हालको राजनीतिक प्रणालीमार्फत ठीक गर्न सक्नुहुन्न,” रुबियोले भने ।
वर्षौंदेखि क्युवाले “समय किनेर हामीलाई पर्खने बानी पारिसकेको छ,” रुबियोले भने । (अब) “उनीहरू हामीलाई पर्खन वा समय किन्न सक्षम हुने छैनन् । हामी धेरै गम्भीर छौँ, हामी धेरै केन्द्रित छौँ ।”
यसैबिच, राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरूलाई भने कि अमेरिकी राष्ट्रपतिहरूले दशकौँदेखि क्युवामा हस्तक्षेप गर्नेबारेमा विचार गर्दै आएका थिए, तर यस्तो देखिन्छ कि आफू नै ‘यो गर्ने व्यक्ति’ हुनेछन्, उनले त्यसो गर्न पाउँदा उनी ‘खुसी’ हुने बताए ।
जवाफमा, क्युवाली विदेशमन्त्री ब्रुनो रोड्रिगेजले क्युवालाई खतराको रूपमा झूटो रूपमा लेबल लगाएकोमा रुबियोको आलोचना गरे ।
“अमेरिकी विदेशमन्त्रीले फेरि एक पटक झूट बौल्दै सैन्य आक्रमणलाई उक्साएका छन् जसले क्युवाली र अमेरिकी रगत बगाउन उक्साउनेछ,” रोड्रिगेजले भने ।
बढ्दो तनाव
राष्ट्रपति पदमा फर्किएदेखि, ट्रम्पले क्युवामाथि धेरै प्रतिबन्धहरू लगाएका छन्, इन्धन नाकाबन्दी लागू गराएका थिए भने यस क्षेत्रमा सैन्य उपस्थितिको बढावा निरीक्षण पनि गरेका छन् ।
यी देशहरूबिच बढ्दो तनावको बिचमा बिहीबार नयाँ धम्कीहरू आएका छन् ।
अमेरिकाले १९९६ मा विमान खसालेको घटनामा बुधबार क्युवाका पूर्वराष्ट्रपति राउल क्यास्ट्रोमाथि अभियोग लगाएको छ ।
बिहीबार, क्युवाको सेनाद्वारा नियन्त्रित र अर्थतन्त्रको ठुलो हिस्सा नियन्त्रण गर्ने ग्रुपो डे एडमिनिस्ट्रेसन एम्प्रेसेरियल एस.ए. (GAESA) समूहका उच्चपदस्थ कार्यकारीकी बहिनी एडिस लास्ट्रेस मोरेरालाई पक्राउ गरिएको थियो ।
गत हप्ता क्युवाली सरकारमाथि थप प्रतिबन्धहरू लगाइयो । अमेरिकी सेनाले घोषणा ग¥यो कि ल्याटिन अमेरिकाका साझेदारहरूसँग समुद्री अभ्यासमा भाग लिन बुधबार निमित्ज ऐरक्राफ्ट क्यारियरसहित धेरै नौसेना जहाजहरू क्यारिबियन सागरमा आइपुगेका छन् ।
रुबियोले उल्लेख गरेका छन् कि क्युवाले पहिले सुधारको लागि १० करोड डलरको सहायताको प्रस्तावलाई अस्थायी रूपमा स्वीकार गरेको थियो । तर, उनले भने कि अमेरिकाले क्युवाको सर्तहरू स्वीकार गर्नेछ कि गर्दैन भन्ने कुरा स्पष्ट छैन, किनकि वाशिङटनले सैन्य–समर्थित समूह जियेईएस्ए (GAESA) लाई रोक्न जोड दिइरहेको छ ।
विश्लेषकहरूले चेतावनी दिएका छन् कि ट्रम्प र रुबियोले भेनेजुयलामा गरिएको शासन परिवर्तनजस्तै क्युवामा पनि यस्तै कारबाही गर्ने सोचमा छन् । जनवरीमा भएको सैन्य कारबाहीमा वामपन्थी राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई अपहरण गरिएको थियो । उनीहरूलाई अमेरिका लगियो, जहाँमादुरोलाई ‘लागुऔषध–आतङ्कवाद’ (Narcoterrorism) को आरोप लगाइयो ।
रुबियोले जोड दिए कि चीन र रूससँगको सुरक्षा र गुप्तचर सम्बन्धका कारण क्युवाले अमेरिकाको लागि गम्भीर राष्ट्रिय सुरक्षा खतरा निम्त्याएको छ ।
चीन र रूस दुवैले क्युवामा अमेरिकी दबाबको आलोचना गरेका छन् ।
चीनले शुक्रबार क्युवालाई ‘दृढ समर्थन’ गर्ने बताएको छ र अमेरिकालाई तनाव कम गर्न र ‘बल प्रयोग गर्ने धम्की बन्द गर्न’ आग्रह गरेको छ ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने : “हामी विश्वास गर्छौं कि कुनै पनि परिस्थितिमा त्यस्ता विधिहरू – जुन हिंसाको सीमामा पर्छन् – पूर्व वा वर्तमान राष्ट्र प्रमुखहरूविरुद्ध प्रयोग गर्नु हुँदैन ।”
(फाइल : काइली कूपर/रोयटर्स)

Leave a Reply

Your email address will not be published. Required fields are marked *