अमेरिकाको छद्म सैन्य बजेट
- असार १२, २०८३
काटेको घाउमा नुन चुक लगाउनुको अर्थ दुःखी मान्छेलाई झन् दुःखी पार्नु भन्ने अर्थ लाग्छ । राजाको नुन खानुको अर्थ सरकारी सेवा गरेको भन्ने बुझिन्छ । ‘नुन खाएको कुखुरा’ जस्तो भन्दा कुनै समस्या परेर उदास भएको मान्छे भन्ने बुझिन्छ ।
नुनसँग यस्ता धेरै उखान टुक्का गाँसिएका छन् । नुन भान्छामा नभई हुँदैन तर धेरै पनि हुनुहुँदैन भन्ने विचार गर्नुपर्छ ।
नुन नभएको खाना कति बेस्वादिलो हुन्छ विचार गर्नुस् त ? । तर धेरै नुन भएपछि फेरि अनेक समस्या आइपर्छन् ।
मैले ५ वर्षदेखि नै ढिके नुनको प्रयोग गर्न सुरु गरेकी थिएँ । एकजना पोषणविद्ले मलाई ‘आयो नुन’ मा हाम्रो शरीरलाई चाहिने भन्दा आयोडिन हालिएको छ भनेपछि मेरो भान्छाबाट आयो नुनु हट्यो टी.भी. विज्ञापनमा कहिलेकाही आउँछ–के तपार्इँको मञ्जनमा नुन छ’ ? मञ्जनमा नुनको प्रयोग हुने कुरालाई धेरै जनाले अचम्मको रुपमा लिन्थे होला । तर, दाँत स्वस्थ राख्न नुन एउटा औषधि मानिन्छ भन्ने कसैलाई थाहा छैन । गिजा दुखेको बेला मनतातो पानी र नुनले कुल्ला गर्नु यही कारणले हो ।
प्राचीनकालदेखि नै मासु र खानेकुरालाई लामो समयसम्म सुरक्षित राख्न नुन प्रयोग गरिन्थ्यो । ग्रीक सभ्यतामा नुनलाई यति धेरै महत्व दिएको थियो कि दासहरूका किनबेच पनि नुनमा हुन्थ्यो । प्राचीनकालमा पनि रोमन सिपाहीहरूलाई तलब दिँदा नुन पनि सँगै दिइन्थ्यो भन्ने कथन पाइन्छ ।
मङ्गोलियामा मानिसहरू आफ्ना सुन, चाँदीसँग नुन साट्थे । नेपालमा पनि पहिले पहिले मानिसहरू भोटबाट नुन ल्याउँथे भन्ने सुनिएको हो ।
प्रायः प्याकेटका खानेकुरामा नुने धेरै लुकेकोे हुन्छ । तर हामीलाई थाहा हुँदैन । स्वास्थकर्मीहरू भन्छन् नुनको बढी प्रयोग गर्न हुन्न ।
विशेषगरी प्याकेटमा राखिएका खानेकुराहरूमा नुन बढी भएकोले यस्ता खाना नखाएकै बेस । तर खानेकुरा बनाउने कम्पनीहरू यो कुरालाई स्वीकार्दैनन् । खानेकुरामा नुनको बढी प्रयोग गर्दा नुन नै विष बन्न पुग्छ ।
Leave a Reply