भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले साम्राज्यवादी आक्रमणकारीहरूको विरोधमा वीरतापूर्ण लडाइँ गरेका थिए । २७ जुलाई १९५३ मा कोरियाली जनसेना र अमेरिकी साम्राज्यवादीहरूले नेतृत्व गरेको आक्रामक सेनाबिच भएको युद्धविराम देशको स्वाधीनता जोगाउन चलाइएको जनताको तीन वर्ष लामो वीरतापूर्ण सङ्घर्षको फल हो । यो प्रजग कोरियाली जनताको ऐतिहासिक विजय हो । प्रजग कोरिया र अमेरिकी साम्राज्यवादबिचको युद्धमा अमेरिकी साम्राज्यवादी आक्रामकहरूले स्थल सेना, जल सेना, हवाई सेना तथा आफ्ना पिछलग्गू देशका सेनासमेत परिचालन गरेका थिए । त्यो युद्धमा उनीहरूको ठुलो जनशक्तिको र भौतिक क्षतिसहित हार भयो । साम्राज्यवादीहरूको यो हार कोरियाली जनताको एकताको फल हो ।
प्रजग कोरियाले विदेशी आक्रमणकारीविरुद्ध पटक–पटक लडेको थियो । वीर कोरियाली जनता र तिनको सशस्त्र सेनाले तीन वर्षसम्म लगातार लडेका थिए । आफ्नो देशको भूमि रक्षा गर्न, कोरियाली जनताको सुरक्षा गर्न कोरियाली सरकार, कोरियाली मजदुर पार्टी र सेना पछि हटेन । तर, नेपालका शासकहरू सरकारको नेतृत्व गर्न र सरकारको आयु लम्ब्याउन पाएपछि देशको स्वतन्त्रता र अस्तित्वबारे ख्याल नै गर्दैनन् । विदेशी शक्ति राष्ट्रले विकास योजना र आर्थिक लोभ देखाएपछि यहाँका शासकहरू देशलाई दूरगामी असर पार्ने सन्धि सम्झौतामा आँखा चिम्लेर हस्ताक्षर गर्छन् । यस्तै, एकतर्फी र असमान सहमति र सम्झौताले देशको प्राकृतिक स्रोत र साधन भारतको अधीनमा गइसकेको छ । नदीनालामात्र होइन देशका उद्योग, कलकारखाना पनि भारतीय व्यापारी र उद्योगपतिहरूको हातमा गइसकेको छ । देशको भूमि मिच्नु र प्राकृतिक स्रोत, साधन विदेशीको हातमा पर्नु के नेपालको उपलब्धि हो ?
प्रजग कोरियाली सरकार, पार्टी, जनता आफ्नो देशमा भूमि बचाउन ज्यानको बाजी राखेर लड्ने तर नेपालका शासकहरू देश हितविपरीत सन्धि सम्झौतामा हस्ताक्षर गरेर दिने ¤ नेपालका शासकहरूमा देशभिक्तको भावना देखिँदैन† यसले देशलाई जहिल्यै संसारमाझ चिनाइराख्ने काम गर्दैन । पछि हुने दुर्घटनाको ख्यालै नगरी नेपालका शासकहरू धमाधम सहमति र सम्झौता गर्छन् । प्रजग कोरियाले अमेरिकी साम्राज्यवादको आक्रमणको योजनालाई चकनाचुर पार्ने काम ग¥यो । अमेरिकी साम्राज्यवादी आक्रमणकारीविरुद्धको लडाइँमा कोरियाली जनताको विजयको मुख्य कारक प्रजग कोरियाली मजदुरवर्ग र श्रमिक कृषकहरूको एकता हो । उनीहरूको एकताको निम्ति सबै तहका जनतान्त्रिक शक्तिहरूको समर्थन पनि हो ।
अमेरिकी साम्राज्यवादी र अरु पिछलग्गूहरूलाई लागेको थियो, प्रजग कोरियाले प्रतिकार गर्न सक्दैन† आक्रमणको मुकाबिला गर्न सक्दैन । तर, अमेरिकी साम्राज्यवादीहरूले प्रजग कोरियालीलाई हराउन सकेनन् । अमेरिकी साम्राज्यवादीहरूले प्रजग कोरियालाई संसारबाट एक्ल्याउने कुत्सित प्रयास गरेका थिए । तर, त्यो प्रयास सफल भएन । प्रजग कोरियाली जनताको न्यायपूर्ण सङ्घर्षमा अरुले नैतिक समर्थन गरे । आज अरु देशमा आक्रमण गरेर राष्ट्र प्रमुखहरूलाई सत्ताच्युत गराउने, हत्या गराउने, आन्तरिक द्वन्द्व चर्काएर कमजोर पार्ने देश संयुक्त राज्य अमेरिका नै संसारबाट एक्लिँदै छ† बदनाम हुँदै छ । स्वाधीन र सार्वभौम मुलुकलाई आतङ्कित पार्ने, शान्ति सुरक्षा बिथोल्ने देश अमेरिकाको विरोधमा संसारका जनता एकजुट हुँदै छन्; एकै स्वरमा अमेरिकी साम्राज्यवादी देशको आक्रमणकारी नीतिको विरोध गर्दै छन् । संसारमा साम्राज्यवादी देश भएसम्म संसारका जनताले शान्तिपूर्वक बाँच्न पाउँदैनन् भन्ने बुझ्दै छन् ।
आक्रमणको विरोधमा कोरियाली जनताको अग्रीम पङ्क्तिमा कोरियाली मजदुर पार्टी उभिएको छ । त्यो पार्टी माक्र्सवादी–लेनिनवादी सिद्धान्तमा आधारित छ । साम्राज्यवादी देश अमेरिका एसियामाथि नै आफ्नो प्रभुत्व जमाउन सक्रिय थियो† आक्रमणको निम्ति अमेरिकाले जापानमा पुनः सशस्त्रीकरण गरेको थियो । प्रजग कोरियाले युद्ध सम्झौतापछि पनि सतर्कता अपनाएको थियो । युद्धविराममा पनि घात गरेर फेरि आक्रमण गर्नसक्नेतर्फ प्रजग कोरिया सतर्क छ । आक्रमणको प्रत्याक्रमण गर्न नै प्रजग कोरियाले आणविक परीक्षण गरेको थियो, सेनालाई मजबुत पारेको थियो । प्रजग कोरियाको यो तयारीकै कारण अमेरिका आक्रमण गर्न पछि हटेको थियो । नेपाल सरकारले आफ्नो देशलाई सबल, सक्षम बनाउने र देशको विकासलाई उचाइमा पु¥याउनेतर्फ ध्यान दिन सकेन । देशका शासक या प्रधानमन्त्रीले मिठा मिठा कुरा फलाकेर, आकर्षक भाषण दिएर देशको विकास हुने होइन । प्रजातन्त्र स्थापना भएको लामो समयसम्म पनि देशलाई विकास गर्न सकेन । देशका सबै ठुला दलका नेताहरूले पालैपालो सरकारको नेतृत्व गरे; देश विकास गर्न वाचा गरे तर व्यवहारमा त्यो देखिएन । जनताले राज्यका सबै कानुन, निर्णय र निर्देशन पालना गर्नुपर्ने व्यवस्था सरकारले गरेको छ । यसले जनतालाई अनुशासित बनाउने र एकीकृत बनाउने प्रयासमा ठुलो सहयोग पु¥याएको छ । प्रजग कोरियाले कोरियाली जनतामा देशभक्तिको भावना उजागर गरेको छ । यसको कारण कोरियाली देश, सरकार, जनता र सेनालाई कडा अनुशासनमा ल्याउने काम गरिएको छ ।
अमेरिकी साम्राज्यवादी आक्रमणविरुद्ध सन् १९५०–१९५३ को पितृभूमि मुक्ति युद्धमा कोरियाली जनताले पाएको विजय कोरियाली जनताका महान् नेता किम इल सङको क्रान्तिकारी सैनिक कार्यदिशा र कार्य नीतिको विजय हो । उक्त विजयमा साथ र सहयोग दिई दृढतापूर्वक लड्ने कोरियाका सम्बन्धित सबैलाई महान् नेता किम इल सङले धन्यवाद ज्ञापन गर्नुभएको थियो । धन्यवाद ज्ञापनमा व्यक्त विचारलाई नेपाल–कोरिया मैत्री सङ्घले पुस्तिकाको रूपमा सन् १९९३ मा प्रकाशित गरेको थियो । मुलुकको स्वाधीनताको निम्ति पितृभूमि मुक्ति युद्धमा वीरगति प्राप्त गरेका कोरियाली जनसेना र जनताको स्मरण गर्नुभएको थियो ।
Leave a Reply