भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
भक्तपुर, १६ जेठ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षा मानव प्रगति र देश विकासको पहिलो माध्यम भएको बताउँदै शिक्षाले मात्र असल नागरिक र समृद्ध राष्ट्र निर्माण हुने बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. १ भार्वाचोस्थित गणेश माध्यमिक विद्यालयमा २०८२ सालमा नयाँ भर्ना भएका विद्यार्थीहरूको स्वागत कार्यक्रममा उहाँले भक्तपुर नगरपालिकाले नगरभित्र सञ्चालित ३६ वटा सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर वृद्धितर्फ जोड दिँदै आएको बताउनुभयो ।
उहाँले विद्यालयहरूको आवश्यकताअनुसार नगरपालिकाले भौतिक तथा आर्थिक सहयोग पनि गर्दै आएको छ भन्नुभयो ।
नगरपालिकाले शिशुस्याहार केन्द्र, विभिन्न विषयका कलेजहरू सञ्चालन गरी देशभरिका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उल्लेख गर्दै प्रमुख प्रजापतिले विद्यार्थीहरूको प्रारम्भिक जगलाई बलियो बनाउन सके उनीहरूको भविष्य सुनिश्चित हुने बताउनुभयो ।
संविधानमा प्रत्येक नागरिकलाई आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क पाउने हकको सुनिश्चितता गरे पनि त्यसको कार्यान्वयन हुन नसकिरहेको उल्लेख गर्दै द्वैध शिक्षा नीतिको कारण देशको शिक्षा क्षेत्रमा असमानता व्याप्त रहेको बताउनुभयो ।
शिक्षा जनताको सेवा गर्ने क्षेत्र हो, यो व्यापार गर्ने थलो होइन भन्दै उहाँले विद्यार्थीहरूमा शैक्षिक, सामाजिक र व्यवहारिक ज्ञानको खाँचो रहेको बताउनुभयो ।
कार्यक्रमका सभापति, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले गणेश माविको शैक्षिक प्रगतिमा शिक्षक, विद्यालय व्यवस्थापन समिति र अभिभावकहरूको महत्वपूर्ण भूमिका रहेको बताउँदै विद्यालयको थप प्रगतिको कामना गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक गणेशराम थुसाले गणेश माविले युग सुहाउँदो शिक्षा र विद्यालयको भौतिक विकासको लागि निरन्तर प्रयास गर्दै आएको बताउँदै विद्यालयले कम्प्युटर शिक्षा, प्रयोगशालाको व्यवस्था, कमजोर विद्यार्थीलाई थप कक्षाको व्यवस्था गर्दै आएको स्पष्ट पार्नुभयो । गणेश माविमा २०८२ मा १५५ जना नयाँ विद्यार्थी भर्ना हुन आएको र हाल ७१५ जना विद्यार्थीहरू अध्ययनरत रहेको उल्लेख गर्दै उहाँले विद्यालयले व्यवहारिक शिक्षामा पनि जोड दिँदै आएको बताउनुभयो ।
कार्यक्रममा विद्यालयका संस्थापक कृष्णबहादुर दुगुजुले विद्यालय स्थापनाको इतिहासबारे प्रस्ट पार्दै सबैको साथ र सहयोगले विद्यालयले आजको प्रगति हासिल गरेको बताउनुभयो । कार्यक्रममा विद्यालयका सहप्रधानाध्यापक लक्ष्मीसुन्दर सुवाल, शिक्षक प्रतिनिधि रत्नप्रसाद फैजुले पनि बोल्नुभएको थियो । प्रमुख अतिथि तथा अतिथिहरूले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्नुभएको थियो ।
Leave a Reply