भर्खरै :

‘शतप्रतिशत’ गाजावासी अनिकालको जोखिममा : राष्ट्रसङ्घ

‘शतप्रतिशत’ गाजावासी अनिकालको जोखिममा : राष्ट्रसङ्घ

जेनेभा, १६ जेठ (एएफपी) । संयुक्त राष्ट्रसङ्घले प्यालेस्टिनी सम्पूर्ण जनसङ्ख्या अहिले अनिकालको जोखिममा रहेको चेतावनी दिँदै गाजा ‘पृथ्वीको सबैभन्दा भोकमरी भएको ठाउँ’ बनेको शुक्रबार जनाएको छ ।
करिब २० महिनादेखि जारी युद्ध अन्त्यको लागि भएको वार्ताले अहिलेसम्म कुनै सफलता हासिल गर्न सकेको छैन र इजरायलले मार्चमा गाजामा पुनः सैन्य कारबाही सुरू गरेको छ ।
संयुक्त राष्ट्रसङ्घीय मानवीय संस्था ओसीएचएका प्रवक्ता जेन्स लार्कले भन्नुभयो, “गाजा पृथ्वीको सबैभन्दा भोकमरी भएको स्थान हो ।”
इजरायली अधिकारीहरूको दाबीलाई अस्वीकार गर्दै उहाँले भन्नुभयो, “यो एक देश वा देश भित्रको परिभाषित क्षेत्र जहाँको सम्पूर्ण जनसङ्ख्या अनिकालको जोखिममा छ अर्थात् शत प्रतिशत जनसङ्ख्या अनिकालको जोखिममा छ ।”
जेनेभामा आयोजित पत्रकार सम्मेलनमा लार्कले गाजापट्टीमा मानवीय सहायता पु¥याउन संयुक्त राष्ट्रसङ्घले सामना गर्नुपरेको कठिनाइबारे पनि उल्लेख गर्नुभयो ।
इजरायलले मार्च २ मा प्यालेस्टाइनी भूमिमा लगाइएको पूर्ण सहायता नाकाबन्दीलाई हालैका दिनहरूमा आंशिक रूपमा खुकुलो बनाएको छ जसका कारण खाद्यान्न र औषधिको गम्भीर अभाव कम भएको छ ।
लार्कका अनुसार इजरायलले नाकाबन्दी आंशिक रूपमा हटेपछि ९०० ट्रक मानवीय सहायताका ट्रकलाई गाजापट्टीमा प्रवेश गर्न अनुमति दिएको छ ।
तर अहिलेसम्म गाजातर्फ ६०० वटा ट्रक मात्र उतारिएका छन् र सुरक्षाका कारण थोरै सङ्ख्यामा ट्रक लोड गरिएको छ ।
“यो सीमित सङ्ख्यामा ट्रकहरू आइरहेका छन् । यो न्यूनतम खानाको आवश्यकता पूर्ति गर्ने आपूर्ति हो,” लार्कले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *