‘ख्वपको पहिचान’ बारे शिक्षकको अभिमुखीकरण कार्यक्रम चालु
- कार्तिक १५, २०८२

भक्तपुर, १६ जेठ । ब्राइट स्टार इङ्गलिस स्कूलको वार्षिक उत्सवको अवसरमा पुरस्कार वितरण, स्वागत तथा सांस्कृतिक कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
 कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भनपाले शिक्षा क्षेत्रमा पु¥याइरहेको योगदानबारे चर्चा गर्दै ख्वप विश्वविद्यालयको स्वीकृतिको लागि सरकारले बेवास्ता गरेको बताउनुभयो ।
 भक्तपुर नगरपालिकाद्वारा सञ्चालित उच्च शिक्षालयहरूमा देशका ७७ जिल्लाका विद्यार्थीहरूले अध्ययन गर्ने अवसर पाएको चर्चा गर्दै उहाँले यस कार्यमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले देखाउनुभएको मार्गनिर्देशन तथा ‘सय वर्षपछिको भक्तपुर’ परिकल्पनाको उपज भएको बताउनुभयो ।
 संस्थागत विद्यालय सङ्घ इसानका केन्द्रीय अध्यक्ष प्रेमजन थापाले शिक्षा प्रविधिमैत्री बनाउनुपर्ने आजको आवश्यकता रहेको उल्लेख गर्दै देशको समसामयिक राजनीतिकबारे शिक्षकहरूले चासो राख्न जरूरी छ भन्नुभयो ।
 भक्तपुर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले विद्यालयले आयोजना गरेको अतिरिक्त क्रियाकलापसँगसँगै हरेक नागरिक राजनीतिकरूपमा सचेत हुनु जरुरी छ भन्नुभयो ।
 विद्यालयका संस्थापक अध्यक्ष पुष्पलाल सुजखुको सभापतित्वमा भएको उक्त कार्यक्रममा विद्यालयका प्रिन्सिपल राजेन्द्र सुजखु, अभिभावकद्वय लक्ष्मीप्रसाद चवाल, बुद्धलक्ष्मी शिल्पकार, अभिभावक शिक्षक सङ्घका संयोजक सञ्जय लामालगायत विद्यार्थी प्रतिनिधिहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
 प्रमुख अतिथि उपप्रमुख रजनी जोशीले उत्कृष्ट विद्यार्थी, शिक्षक–कर्मचारी र अभिभावकहरूलाई सम्मान गर्नुभएको उक्त कार्यक्रममा शिक्षिकाहरू सुमित्री प्रजापति, कृष्णमाया भुजु, रोमा शिल्पकार र मङ्गला हेङ्गुले पनि बोल्नुभएको थियो ।
Leave a Reply