भर्खरै :

भक्तपुर साकोसद्वारा कर्मचारी क्षमता अभिवृद्धि तालिम

भक्तपुर साकोसद्वारा कर्मचारी क्षमता अभिवृद्धि तालिम

भक्तपुर, १७ जेठ । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.ले संस्थाका कर्मचारीहरूको क्षमता अभिवृद्धि तालिम शनिबार आयोजना ग¥यो ।
उक्त तालिमको उद्घाटन गर्दै संस्थाका सल्लाहकार विष्णुगोपाल कुसीले तालिमले ज्ञानको क्षितिज फराकिलो पार्ने, थप प्रशिक्षित बनाउने र पदअनुसारको दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
कर्मचारीले काम गरेर आफूखुसी हुनुभन्दा बचतकर्ताहरूलाई खुसी पार्नुपर्ने आवश्यकता औँल्याउँदै आर्थिक कारोबारमा सबै कर्मचारी सचेत र सतर्क हुनुपर्ने बताउनुभयो ।
तालिमका प्रशिक्षक महेशराज दाहालले कार्य क्षेत्रमा अभ्यास गर्नकै निम्ति तालिम दिइने कुरा उल्लेख गर्दै सही मार्गमा अघि बढेमा जीवनमा सार्थकता पाउने बताउनुभयो ।
संस्थाका अध्यक्ष एवं तालिम समापन कार्यक्रमका सभापति निर्मल प्रजापतिले तालिमले काम गर्न थप सहजता र हौसला मिल्ने विश्वास व्यक्त गर्दै भक्तपुर बचतले उदाहरणीय काम गरिरहेको बताउनुभयो ।
उहाँले संस्थाले वाद्यवादनको तालिम दिएर, आदर निकेतन खोलेर उदाहरणीय काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा उर्मिला कोजुले तालिमले असल नेतृत्वको विकास र कार्य क्षमताको विकास हुने बताउनुभयो भने रीता दुवालले सरल र मार्मिक शैलीमा तालिम दिएर शिक्षामूलक सन्देश प्रवाह गरेको बताउनुभयो ।
तालिमका सहभागी कर्मचारीहरूलाई अतिथि विष्णुगोपाल कुसीले प्रमाणपत्र प्रदान गर्नुभएको थियो । समापनमा दयालक्ष्मी धन्छाले तालिमको आवश्यकताबारे चर्चा गर्नुभयो । तालिमको समापनअघि संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद कुसीले संस्थाको गतिविधिबारे प्रकाश पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *