भर्खरै :

विविध भाषा साहित्यिक समाजद्वारा साहित्य गोष्ठी

भक्तपुर, १७ जेठ । मध्यपुर नपा ८ बोडेमा वः फेस्टिवलको उपलक्ष्यमा विविध भाषा साहित्यिक समाजद्वारा साहित्य गोष्ठी आयोजना गरियो । उक्त समाजका अध्यक्ष प्रेम के. निडरको अध्यक्षतामा भएको साहित्य गोष्ठीमा वाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले नेवारी संस्कृति सिथि नखःबारे प्रकाश पार्दै महत्व र परम्परागत धाराको संरक्षणमा लाग्नुपर्नेमा जोड दिनुुभयो ।
नेवारी संस्कृतिबारे बोल्दा विभिन्न दलका सांसदहरूले खिस्सी गर्ने गरेको र आज त्यहीँ दलका सांसदहरूले नेवारी संस्कृतिको नक्कल गर्ने गरेका छन् भन्नुभयो । साहित्यकारहरूले निर्भिक भएर लेख्नुपर्नेमा जोड दिँदै फोहरी नेताहरूलाई सुधार्न साहित्यकारहरूले नडराइकन लेख्नुपर्ने र नलेखेसम्म ती नेताहरू सुध्रिन्न भन्नुभयो ।
नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष आसकुमार चिकंबजारले नेवारी संस्कृति लोप हुँदा गएको र यस्तै साहित्य गोेष्ठी र अन्य कार्यक्रमहरू गर्दै संस्कृतिबारे जानकारी गर्दै जानुपर्ने आवश्यकता औँल्याउनुभयो ।
मध्यपुर थिमिका युवा साहित्यकार तथा मध्यपुर साहित्य क्यवःका अध्यक्ष वसन्त नकर्मीले देशमा भएको परिवर्तनमा साहित्यकारहरूको पनि योगदान रहेको तर कुनै पनि सरकारले साहित्यकारहरूलाई सम्मानको दृष्टिले नहेरेको बताउनुभयो । काठमाडौँ, भक्तपुर र ललितपुरका चर्चित साहित्यकारहरू दिलकुमारी डंगोल, तेजकृष्ण श्रेष्ठ, बुद्धिकुमार घो श्रेष्ठ, सूर्यराम था, कविन्द्रलाल प्रधान, रमेश मानन्धर, रहेना नकर्मी, ओम नरहरि श्रेष्ठ, ओमकृष्ण श्रेष्ठलगायत २५ जना साहित्यकारले आ–आफ्नो साहित्य पाठ गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *