पुरानोको सुस्केरा र नयाँको ताईफुई
- असार १२, २०८३
भक्तपुर, १८ जेठ । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ, प्रभात इङ्गलिश सेकेन्डरी स्कूल एकाइ समितिको आयोजनामा गणतन्त्र दिवस जेठ १५ को सन्दर्भमा समाजवादी गणतन्त्र विषयक प्रवचन कार्यक्रम आइतबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सुवालले भन्नुभयो, “उत्पादनका साधनहरूमा व्यक्तिगत स्वामित्वसँगै समाज वर्गमा विभाजन भयो । राजा–महाराजा र सामन्तवर्गको विकास भयो । सीपसँगै नयाँ नयाँ सामान उत्पादन भयो । उद्योग–व्यापारको विकास भयो । राजामहाराजाहरूले उद्योग–व्यापारमा कर लगाए । यही मौकामा पुँजीपतिवर्गले सर्वसाधारण जनतासमेतको बलमा राजा–महाराजाहरूविरूद्ध आन्दोलन ग¥यो । सन् १६४९ मा बेलायतका राजा चाल्र्स प्रथमलाई ज्यान सजाय दिइयो । त्यसपछि फ्रान्सका राजा सुनको बगीमा बसेर भाग्न खोज्दा पक्राउ गरियो र ज्यान सजाय भयो । सुनको बगीमा भाग्नु फ्रान्सको त्यो राजाको गल्ती थियो । लक्ष्मीको बाहन उल्लु त्यसैले भनियो । धनसम्पत्तिको लागि मानिस दिउँसै आँखा नदेख्ने पुष्टि भयो । माक्र्सले यसलाई नाफा हुने भए पुँजीपतिवर्ग आफू झुन्डिन पनि तयार हुने बताउनुभयो । हरेक युद्ध, विद्रोह, हिंसा आर्थिक कारण हुने पुँजीवादी व्यवस्था हो । पहिलो र दोस्रो विश्व युद्ध पनि संसारका गरिब देशको कच्चा सामान र बजार कब्जा जमाउन भएका थिए ।
उहाँले भन्नुभयो, “नेपालमा जनताको आन्दोलनबाट २०४६ सालमा बहुदल पुनः स्थापना भयो भने २०६३ सालमा गणतन्त्र स्थापना भयो । गणतन्त्रको कार्यान्वयन २०६५ जेठ १५ गतेबाट भयो । बहुदलको पुनःस्थापना र गणतन्त्र पुँजीवादी भएको अहिले पुष्टि भयो । सरकारमा गएका दल र तिनका प्रम, मन्त्री र अन्य नेताहरूले देश र जनताको निःस्वार्थरूपमा सेवा गरेनन् । वाइडबडी, ललितानिवास, गिरिबन्धु, पतञ्जली, बाल मन्दिरको जग्गा, टेरामक्स, नक्कली भुटानी शरणार्थी आदि कभ्रष्टाचारका घटना बढ्यो । यसैलाई निहुँ बनाएर राप्रपाले राजतन्त्र फर्काउने प्रतिक्रान्तिको नारा दिएर सडक र संसद्मा आन्दोलन गर्दै छ ।”
पुँजीवादी गणतन्त्रमा देखिएको दुःख, कष्ट राजतन्त्र फर्किँदैमा समाधान नहुने स्पष्ट पार्दै उहाँले भन्नुभयो, “सर्वसाधारण जनताको वर्तमान दुःख समाप्तिको लागि उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण हुने समाजवादी गणतन्त्र जरूरी छ ।”
उहाँले भन्नुभयो, “यो यथार्थ शिक्षक, अभिभावक, विद्यार्थी सबैले बुझ्नु जरूरी छ । विद्यार्थीको पठन संस्कृति विकास गर्नु आवश्यक छ । सफा अक्षरसहित देश र समाज बुझ्ने विद्यार्थी तयार गर्नु जरूरी छ ।”
विद्यालय व्यवस्थापन समितिका सदस्य एवं नेपाल कर्मचारी समाजका केन्द्रीय अध्यक्ष गौतमप्रसाद लासिवाले नेपालमा स्थापित पुँजीवादी गणतन्त्र
नेपाली नेताहरूको बलबुद्धिले आएको नभई भारतीय इच्छा हो भन्दै पुँजीवादी गणतन्त्र सीमित व्यक्तिहरूको अधीनमा धेरै उत्पादनका साधनहरू रहने, कामदार जनताको हक अधिकार केही पनि नहुने भएकोले यसको विरोध गर्नुका साथै अत्यन्त बहुमत जनताको हितमा रहने, उत्पादनका साधनहरू राष्ट्रियकरण हुने, जनतालाई समानताको आधारमा सेवा सुविधा प्रदान गरिने समाजवादी गणतन्त्र स्थापना गर्न सबैले ध्यान दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।
विद्यालयका प्राचार्य बदनकेशरी प्रजापतिले गणतन्त्रमा जननिर्वाचित राष्ट्रप्रमुख हुने चर्चा गर्दै समाजवादी गणतान्त्रिक देश क्युबा, कोरियाका जनता पूर्ण साक्षर भएबाट समाजवादी गणतन्त्रमा मात्र वास्तवमा कामदार जनताको निम्ति श्रेयष्कर हुनेछ भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष स्वर्णिमा मूलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा शिक्षक बलराम गोसाईले नेपालका कम्युनिस्ट नामधारी दलहरू पुँजीवादी सरकारमा भाग लिएकै कारण समाजवादी गणतन्त्र प्राप्तिमा ढिलाइ हुन गएको हो भन्नुभयो ।
Leave a Reply