भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
गत वर्ष असोज महिनामा आएको बाढीले धेरै धनजनको क्षति ग¥यो । यस वर्ष अझ बढी वर्षा हुने अनुमान गरिएको छ । २० हजारभन्दा बढी मानिस प्रभावित हुने र धेरै जनधनको क्षति हुनसक्ने अनुमान गरिएकोले पूर्वतयारीमा जुट्न जल तथा मौसम विभागले सबै पक्षलाई अनुरोध गरेको छ ।
चाँगुनारायण र भक्तपुर नगरपालिकाको सिमाना भएर बग्ने खासाङखुसुङ खोलामा आउने बाढीले हजारौँ रोपनी धान खेत पुर्ने हो कि भन्ने चिन्ता किसानलाई हुनु स्वाभाविक हो । गत वर्षको वर्षाले चाँगुनारायणतर्फ बिगारेको बगरका डिलहरू अझै बनेका छैनन् । भक्तपुर नगरतर्फ भने देको–मिवा–इतापाके आवास योजनाले अग्लो पक्की टेवा पर्खाल निर्माण गरी सुरक्षाको उपाय अपनायो । चाँगुनारायणले यस्तो उपाय अपनाउने कहिले ?
क्षति हुन नदिन स्थानीय जनताले बगरको डिल वर्षाअगाडि नै मर्मत गर्न चाँगुनारायण नगरपालिका ३, वडा कार्यालयमा निवेदन दिएको महिना दिन हुन लाग्यो । गत वर्षको बाढीले ढालेको रुख अहिलेसम्म व्यवस्थापन भएको छैन । ढलेको रुख खोलामै रहँदा बाढीसँगै बगेर आउने काठ र फोहरजन्य वस्तुले खोलाको बहाव रोकी चाँगुनारायणतर्फ बाढी पस्ने खतरा ज्यूँका त्यूँ रहँदा पनि जनप्रतिनिधिहरू के हेरेर बसे ?
केही दिनअघिको वर्षाले खोलाछेउ चाँगुनारायणतर्फको जमिनमा पानी जमेर किसानले लगाएको लाखौँका बन्दा बाली नष्ट भयो । किसानले लगाएको बाली क्षति हुँदा पनि चुप बस्ने जनप्रतिनिधि जनताका मित्र हुन्छन् र ?
किसानलाई सिंहदरबारले त देखेन नै, हाम्रै घरआँगनको सरकारले पनि नदेखेझैँ ग¥यो । किसानको पक्षमा नउभिने जनप्रतिनिधिहरूविरुद्ध चाँगुनारायणका किसान एकजुट हुनु जरुरी छ ।
Leave a Reply