शिक्षासेवी शोभा प्रधानको स्मृतिमा !
- असार ११, २०८३
भक्तपुर, १८ जेठ । आधारभूत विद्यालयको शैक्षिक क्यालेन्डरअनुसार उदय आधारभूत विद्यालयको संयोजनमा ‘हाम्रो विद्यालय–हाम्रो वातावरण, हाम्रो कला र संस्कृति’ तथा स्थलगत चित्रकला प्रतियोगिता समितिका अध्यक्ष सूर्यबहादुर फोजूको अध्यक्षतामा दरबार स्क्वायरमा आइतबार सम्पन्न भयो ।
कार्यक्रममा अध्यक्ष फोजूले विद्यार्थीमा रहेको आन्तरिक प्रतिभा प्रस्फुटन गर्न समितिले विविध अतिरिक्त क्रियाकलाप आयोजना गर्दै आएको र गर्दै जाने बताउनुभयो ।
उक्त कार्यक्रममा समितिका सहसचिव कृष्णप्रसाद सुवाल र उदय आधारभूत विद्यालयका शिक्षक मनिता सिंहले पनि बोल्नुभएको थियो ।
प्रतियोगितामा कक्षा १–३ को छात्रतर्फ नवीन आ.वि.का साहिल मिया पहिलो, समाजसेवाका मानव तामाङ दोस्रो, ब्रह्मायणी आ.वि.का अनिल तामाङ तेस्रो, भीम आदर्श आ.वि.का रिदन लामा र सन्तति आ.वि.का सहमद कविर सान्त्वना भए ।
त्यस्तै, कक्षा १–३ को छात्रातर्फ ब्रह्मायणी आ.वि.की प्रीति कलावार पहिलो, समाज सेवाकी नस्ना साँय्जु दोस्रो, तारा मा.वि.की समृद्धि भुर्मछानमगर तेस्रो, नवीन आ.वि.की शिवन्या तामाङ र बालसेवक आ.वि.की जरिता खातुन सान्त्वना भइन् ।
कक्षा ४–५ को छात्रतर्फ बालसेवक आ.वि.का आशिष वाइबा पहिलो, तारा मा.वि.का राजु घोले दोस्रो, श्री ब्रह्मायणी आ.वि.का नवीन बुढा तेस्रो र गणेश मा.वि.का सिमराज मोक्तान रजनसेवा आ.वि.का दिपस नेपाली सान्त्वना भए ।
त्यस्तै कक्षा ४–५ को छात्रातर्फ तारा मा.वि.की सुनिष्ठा घेमसु पहिलो, जनसेवा आ.वि.की उर्मिला लोप्चन दोस्रो, सन्तति आ.वि. की ममता थिङ तेस्रो र ब्रह्मायणी आ.वि.की रचना साही र बाल सेवक आ.वि.की हसिना खातुन सान्त्वना भइन् ।
त्यस्तै कक्षा ६–८ को छात्रतर्फ तारा मा.वि.का वसन्त श्रेष्ठ पहिलो, दत्तात्रय आ.वि. का गणेश तामाङ दोस्रो, सन्तति आ.वि.का गणेश दर्जी तेस्रो र गणेश मा.वि.का पङ्कज महतो सात्वना भए ।
त्यस्तै कक्षा ६–८ को छात्रातर्फ बालसेवक आ.वि.की खुशी इगलाम पहिलो, समाज सुधार मा.वि.की कृतिका भाटाजु दोस्रो, गणेश मा.वि.की सकिला स्याङतान तेस्रो र नवीन आ.वि.की आशालक्ष्मी दुवाल सान्त्वना भइन् ।
उक्त प्रतियोगितामा निर्णायकको भूमिका बालकृष्ण वनमालाले निर्वाह गर्नुभएको थियो ।
Leave a Reply