शिक्षासेवी शोभा प्रधानको स्मृतिमा !
- असार ११, २०८३
भक्तपुर, १८ जेठ । सरस्वती विद्यागृह माध्यमिक विद्यालयबाट २०४० सालमा एसएलसी परीक्षा दिएका विद्यार्थीहरूले शनिबार एक कार्यक्रम आयोजना गरी विद्यालयलाई खेलकुद सामग्री तथा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरे ।
विद्यालयको पढाइपश्चात् सरकारी सेवा तथा विभिन्न संस्थामा रही देशको सेवा गरिरहेका तथा व्यापार–व्यवसाय गरिरहेका पूर्वविद्यार्थीहरूले आफू पढेको विद्यालयप्रति सम्मान प्रकट गर्दै गरिब विद्यार्थीहरूलाई लक्षित गरी सहयोग गरेको आयोजकले बताएको छ ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ९ का अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले गर्विलो इतिहास बोकेको सरस्वती विद्यागृहलाई नमूना विद्यालय बनाउने र कामगरी खाने सर्वसाधारण जनताका छोराछोरीहरूको शैक्षिक गन्तव्य बनाउने उद्देश्यसहित सामूहिक नेतृत्वमा अघि बढिरहेको बताउनुभयो ।
विद्यालयका प्रअ गनुराज राईले नयाँ शैक्षिक सत्रमा २०० जनाको हाराहारीमा नयाँ विद्यार्थी भर्ना रहेको जानकारी गराउँदै विद्यार्थीहरूलाई शैक्षिक क्रियाकलापसँग अतिरिक्त गतिविधिमार्फत समाजलाई बुझ्ने नयाँ पुस्ता तयार गर्न मेहनत भइरहेको बताउनुभयो ।
एसएलसी ब्याच २०४० को तर्फबाट नेपाली सेनाका पूर्वमेजर दीपककुमार खड्काले विद्यालयको प्रगतिको कुरा सुन्न पाउँदा गौरवान्वित भएको उल्लेख गर्दै पूर्वविद्यार्थीहरूको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा पूर्व प्रअ धर्मसुन्दर तुलाधार, पूर्व विद्यार्थी कृष्णगोपाल गाइजू, साहित्यकार जितेन्द्र रसिकलगायतले विद्यालयको थप प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभयो ।
यसै क्रममा पूर्वप्रअ शारदाभक्त मधिकर्मीप्रति सम्मान व्यक्त गरिएको थियो ।
Leave a Reply