नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना
- कार्तिक १९, २०८३
भक्तपुर, २५ फागुन । भक्तपुर नगरपालिकाको आयोजनामा १०८ औं अन्र्तराष्ट्रिय श्रमिक महिला दिवस नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें(रोहित)को प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
भक्तपुर नगरपालिकाको सभाकक्षमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि विजुक्छेंले समाजवादी व्यवस्थामा योग्यता अनुसारको काम र काम अनुसारको ज्यालाको बन्दोबस्त हुने हुदा समाजवादी व्यवस्थामा मात्र साचो अर्थमा महिला मुक्ति हुने बताउनु भयो ।
समाजमा केही महिलाहरु महत्वर्पूर्ण पदमा पुग्दैमा महिला अगाडि बढ्ने होइन, मुख्य कुरा रोजगारीको सुनिश्चितता हो, संविधानमा रोजगारीको सुनिश्चितताको व्यवस्था राख्न खोजिए पनि शासक दलहरुको कारण राख्न नसकिएको अध्यक्ष बिजुक्छेले बताउनु भयो ।
उहाँले समाजमा एकै पटक आमूल परिवर्तन नहुने बताउदै पाइला पाइला गरेर परिवर्तन हुने स्पष्ट पार्नुभयो । भक्तपुरको सम्बन्धमा उहाले भन्नुभयो, सरकारको भरमा परेको भए भक्तपुरको कुनै विकास हुने थिएन । विगतका सरकारहरुले भक्तपुरका जनतालाई दबाउने बाहेक केही गरेनन् ।
विसं २०१५ सालदेखि नै भक्तपुरका मजदुरहरुलाई पढाउन शुरु गरेको स्मरण गर्दै उहाले भक्तपुरका महिलाहरु अहिले अगाडि बढेका छन्, अबको १० वर्षमा भक्तपुरको धेरै क्षेत्रमा महिलाहरु नेतृत्वमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले पूँजीवाद देशहरुमाभन्दा समाजवादी देशहरुका महिलाहरु अगाडि रहेको कुरा क्यूवा, प्रजग केरियाको उदाहरण दिनु भयो । उहाँले एमाले र माओबादी एकै सिक्का दुई पाटा भएको बताउन्दै मेडिकल कलेज खोल्न खोज्दा पनि शासक दलहरुले खोल्न नदिएको बताउनु भयो ।
नेका र एमाले एउटै सिक्काका दुई पाटा भएको हुँदा वर्तमान सरकारबाट केही नया कुराको आशा गर्न नसकिने बताउनु भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले विकासित भनिएका बेलायत र संरा अमेरिकाका महिलाहरुलेसमेत समाजवादी देशका महिलाहरुले जस्तै समान अधिकार नपाएको बताउदै महिला भएकै कारण ती देशहरुमा रोजगारी नपाउने र रोजगारीबाट हात धुनु पर्ने स्थिति रहेको बताउनु भयो ।
अहिलेको राजनैतिक व्यवस्था पूजीवादी गणतन्त्र भएकोले यो व्यवस्थामा कामदार वर्गको हित नहुने बताउनु भयो ।
उहाले बलात्कार, महिला बेचबिखन जस्ता जघन्य अपराध गर्ने अपराधीहरुलाई मृत्युदण्डको व्यवस्था गर्न नेपाल मजदुर किसान पार्टीले संसदमा पटक पटक माग गरे पनि शासक दलहरुले त्यसलाई बेवास्ता गरेको बताउनु भयो ।
महिला र पुरुष एक अर्काका शत्रु नभई सहयोगी भएको बताउदै लैगिक भन्दा पनि वर्गीय प्रश्न महत्वपूर्ण भएको उहाले प्रष्ट पार्नुभयो ।
कर्मचारीहरुले कार्यालय समयबाहेक समाजिक र राजनैतिक गतिविधिहरुमा पनि लाग्न ुपर्ने बताउँदै राष्ट्रिय र अन्र्तराष्ट्रिय गतिविधिबारे जानकारी राख्नु पनर्मो उहाले जोड भयो । उहाँले प्रजातन्त्रको जननी मानिएको बेलायतमा पनि समानता र मताधिकर संघर्षबाट मात्रै प्राप्त भएको र १९७०मा समान ज्याला सम्बन्धी कानून बनाए पनि १९७५ सम्म लागू गर्न पूजीपति वर्गले ढिलाई गरेको बताउनु भयो ।
उपप्रमुख रजनी जोशीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा कार्यपालिका सदस्यहरु रोशनमैया सुवाल, सरिना देउला र छोरीमैया प्रजापति महिलाहरुले गर्दै आएका सघर्षबारे बोल्नु भएको थियो भने भक्तपुर नगरपालिकाका प्रशासकीय अधिकृत अम्बिका धौभडेल र नगरपालिका कर्मचारी एशोशियशनका सदस्य विद्या प्रजापतिले महिलाहरुको समस्या समाधान गर्न महिलाहरु नै अग्रसर हुनु पर्ने बिचार व्यक्त गर्नु भयो ।
Leave a Reply