अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, २६ फागुन । १०८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको आयोजनामा शनिबार छात्रा भेला भयो ।
भेलामा बोल्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले श्रमिक महिला दिवस महिलाहरुको मात्र नभई संसारभरका कामदार वर्गको दिवस भएको बताउनुभयो ।
उहाँले पूँजीपति वर्गले मार्च ८ लाई महिलाहरुको दिवसको रुपमा मनाएर कामदार वर्गबीच विभाजन ल्याउने प्रयास गरिरहेको बताउनुभयो ।
श्रमिक महिला दिवसलाई वर्ग सङ्घर्षको रुपमा लिनुपर्ने विचार राख्दै उहाँले महिला कुनै पदमा पुग्दैमा महिला मुक्ति नहुने बरु त्यो महिलाले कुन वर्गको सेवा गर्दछ भन्ने कुरा महत्वपूर्ण भएको धारणा राख्नुभयो ।
राजनीतिप्रति नयाँ पुस्ताको चाख कम हुँदा देश अझ सङ्कटमा पर्ने सम्भावना भएको धारणा राख्दै थापामगरले देश जोगाउन पनि नयाँ पुस्ता राजनीतिक रुपमा सचेत हुनुपर्ने विचार राख्नुभयो ।
नेक्राविसङ्घ बाह«ौं राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक नीरज लवजूले संसारमा भएका जनताका क्रान्तिहरुमा महिलाको योगदान पुरुष लडाकुहरु जतिकै भएको बताउँदै ज्ञानको विकासमा पनि महिलाको सक्रियता उँचो रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा छात्राहरु जानकी सिजापति, संगीता बोहजू, सोनी दुवाल र कमला शाहीले पनि श्रमिक महिला दिवस र नेपाली महिलाको अवस्थाबारे चर्चा गर्नुभएको थियो ।
Leave a Reply