भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
भक्तपुर, १९ जेठ । नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर नगर समितिको आयोजनामा समाजवादी गणतन्त्र र पुँजीवादी गणतन्त्रका भिन्नताबारे प्रवचन कार्यक्रम नगरस्तरीय कार्यकर्ता भेला गरी सोमबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले सरकारमा गएका दल, तिनका प्रम र मन्त्रीहरू, मुख्य कार्यकर्ताहरूले देश र जनताको निःस्वार्थरूपमा सेवा नगरेको हुँदा राजतन्त्र पुनःस्थापनाको निहुँमा प्रतिगामीहरू सल्बलाएका छन् भन्नुभयो ।
बहुदल र गणतन्त्रको सरकारमा राजाको विरोध गरेकाहरू आफै निर्वाचित राजाजस्तै भएको चर्चा गर्दै सचिव सुवालले निर्वाचनमा जित्न सरकारमा पुग्न र सरकारमा टिक्न ती ‘शासक दलहरू’ सामन्त र पुँजीपतिवर्गसँग साँठगाँठमा लागेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “वर्गीयरूपले राजतन्त्र सामन्तवर्गको प्रतिनिधि हो । अहिलेको पुँजीवादी सरकारको प्रधानमन्त्री, मन्त्री र उच्च अधिकारीहरूको भ्रष्टाचार, पक्षपात, अनियमितताको विरोध गर्नेहरू राजतन्त्र पुनःस्थापनामा लाग्ने होइन† उत्पादनका साधन र सेवा सामाजिकीकरण हुने समाजवादी गणतन्त्रका पक्षमा बोल्नु जरूरी हुन्छ ।”
सचिव सुवालले भन्नुभयो, “पुँजीवादी गणतन्त्रका समर्थकहरू आफूलाई नाफा हुने भए झुन्डिनसमेत तयार हुने पुरानो अनुभव हो । जसको हातमा अर्थतन्त्र हुन्छ, त्यसले शासन गर्छ । सर्वसाधारण जनताको हातमा देशको अर्थतन्त्र भएमात्र देशको हित हुनेछ ।”
नेमकिपा भक्तपुर नगर समितिका प्रतिनिधि कृष्णगोविन्द लाखाले राजतन्त्र, प्रजातन्त्र, पुँजीवादी गणतन्त्र र समाजवादी गणतन्त्रको भिन्नताबारे प्रस्ट्याउँदै बहुमत कामदारवर्गको हित समाजवादी गणतन्त्रमा मात्र सम्भव भएकोले नेमकिपाले समाजवादी गणतन्त्र प्रचार अभियान थालेको हो भन्नुभयो ।
उहाँले भन्नुभयो, “वर्तमान
गठबन्धन सरकार पुँजीपतिवर्गको हो । जनताको सरकार होइन । आर्थिक वर्ष २०८२/८३ को प्रस्तुत बजेटले स्पष्ट गर्दछ । बहुमत कामदारवर्ग र देशको अहितमा छ । विदेशी ऋणले देश सञ्चालन गर्नु जनताको हितमा टाउकोमा ऋण बोकाउनु जनघात नै हो ।”
गङ्गाराम ज्याख्वको सभापतित्वमा भएको उक्त कार्यक्रममा आर. प्रजापति र पूर्णगोपाल राजचलले पनि बोल्नुभएको थियो ।
Leave a Reply