भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम
- असार ३०, २०८३
भक्तपुर, १९ जेठ । भक्तपुर नगरपालिकाले हरेक वर्षझैँ यस वर्ष पनि नयाँ आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणको लागि आवश्यक सुझाव सङ्कलन गरिरहेको छ, जुन स्वागतयोग्य छ ।
फल्चाको सामाजिक र सांस्कृतिक महत्व रहिआएको छ । टाढा टाढा जाँदा घामपानी तथा हुरीबतासबाट जोगिन फल्चा निर्माण गर्ने संस्कृति प्राचीनकालदेखि रहेको छ । अझ फल्चासँगै प्यास मेटाउनको लागि ढुङ्गेधारा अर्थात् लोहँहिटीको व्यवस्था गरिएको हुन्छ ।
प्राचीन कालदेखि नै नेवाः संस्कृतिमा फल्चा सामाजिक एकताको केन्द्र रहँदै आएको छ । जहाँ मानिस भेला भएर आ–आफ्नो विचार साटासाट गर्ने र मेलमिलाप तथा सामूहिक निर्णय लिने गर्दथ्यो । चैत्य तथा पाटीसँग जोडिएका फल्चाहरूमा सांस्कृतिक भजन, पूजा तथा जात्रापर्वको तयारी चलिरहेको हुन्छ ।
प्राचीन समयमा यात्रु तथा तीर्थयात्रीहरूको लागि बनेको फल्चाले विश्रामस्थलको रूप दिएर थकित शरीरलाई फूर्तिलो बनाउन सहयोग गर्छ । बुढापाकाले फल्चामा बसेर कथा, संस्कार, संस्कृति तथा परम्पराको अनुभव नयाँ पुस्तालाई सुनाउँदा पुस्तान्तरण र हस्तान्तरणले मौलिक सम्पदाको संरक्षणमा ठुलो सहयोग पुग्छ ।
फल्चा ऐतिहासिक संरचना मात्रै होइन, यो काठमाडौँ उपत्यकाको पहिचान हो । त्यसैले, भक्तपुर नगरपालिकाले हरेक वर्ष पुरानो फल्चाको जीर्णोद्धार र पुनःनिर्माण गर्दै आइरहेको छ । भक्तपुरको ख्वप मोडेललाई आदर्श मानेर काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहले पनि २४ वटा फल्चाको जीर्णोद्धार र पुनःनिर्माण गरिरहेको छ ।
भक्तपुर नगरपालिकाले भक्तपुर नगर क्षेत्र अवलोकन तथा परिक्रमा गर्ने पर्यटकहरूको आकर्षण बढाउन मौलिकता झल्किने शौचालयसहितको फल्चा बस बिसौनी क्षेत्रमा निर्माणको लागि बजेटको व्यवस्था गर्नु उपयुक्त हुन्छ ।
सडक डिभिजन तथा यातायात विभागसँग समन्वय गरेर भक्तपुर नगरको बाह्य सुन्दरतासमेत कायम गर्न बस बिसौनी क्षेत्रमा मौलिकता झल्किने फल्चा निर्माण गर्न भक्तपुर नगरपालिका अघि सर्नु आवश्यक छ ।
Leave a Reply