सङ्गठनभित्र घुसाइएका व्यक्तिहरूबाटै त्यो घटना घटाइएको हुन सक्छ !
- भाद्र ८, २०८३
सुर्खेत, १९ जेठ । हुम्ला जिल्लाबाट अध्ययनको सिलसिलामा सुर्खेत बसेका विद्यार्थीहरूको भेला वीरेन्द्रनगरमा शुक्रबार सम्पन्न भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य तुल्सी खड्काले समाज परिवर्तनको लागि नयाँ पुस्ता सचेत र सङ्गठित हुनु जरूरी भएको उल्लेख गर्दै अहिलेको अन्योल चिर्न व्यापक जनताको बिचमा पार्टी सङ्गठन पु¥याउनुपर्ने बताउनुभयो ।
नेमकिपा कर्णाली प्रदेश समिति सदस्य धनेन्द्र विकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति अध्ययन गरेर देशको अवस्थालाई परिवर्तन गर्न युवा–विद्यार्थी सङ्गठित हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी मजदुर सङ्घ सुर्खेतका उपाध्यक्ष कविराम खड्काले पनि बोल्नुभएको थियो ।
भेलाले वीरजन शाहीको संयोजकत्वमा तीन सदस्यीय नेक्राविसङ्घ हुम्ला–सुर्खेत सम्पर्क समिति गठन गरेको छ । त्यस्तै नेपाल मजदुर किसान पार्टी वीरेन्द्रनगर वडा नं. १० मा पनि कार्यकता भेला भयो ।
भेलामा पार्टीका केन्द्रीय सल्लाहकार नर्मा गुरूङले पुँजीवादी व्यवस्थाको विकल्प राजतन्त्र नभई समाजवादी गणतन्त्र भएको बताउनुभयो ।
मनबहादुर विकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तुल्सी खड्का, धनेन्द्र विक, अकल राना, शेरबहादुर शाही, निरकबहादुर शाही, खमेन्द्र विकलगायतले बोल्नुभएको थियो ।
भेलाले मनबहादुर विकको अध्यक्षतामा पाँच सदस्यीय नेमकिपा वीरेन्द्रनगर वडा समिति गठन गरेको छ ।
Leave a Reply