भर्खरै :

संसारका सारा जनता साम्यवाद किन चाहन्छन् ?

मानव समाजको ६ हजार वर्षदेखि नै मानिसहरू सुख र आनन्द खोज्दै थिए । मानव सभ्यताको अनेक खुड्किलाहरूमा निश्चिन्तरूपमा मानिसले सबैको ‘भलो होस्’ भन्ने चाहना प्रत्यक्ष र परोक्षरूपले इच्छा राख्थे । तर, आदिम साम्यवादी समाजमा मानिसका सबै ढुङ्गाका ज्यावलहरू सामूहिक थिए, सबै सिकार र फलफूल पनि बाँडेरै खान्थे, निजी सम्पत्ति भने केही पनि हुँदैनथे ।
तर, त्यसबेला त्यस समाजका मानिसहरूमा दिन–दिनकै भोक मेटाउन बिहानदेखि बेलुकीसम्म सिकार खेल्थे र फलफूल बटुल्थे । जीवन अत्यन्त कष्टकर हुन्थ्यो । निश्चय पनि तिनीहरूको आन्तरिक समाजमा आजको जस्तो वर्गभेद नहुँदा आधुनिक समाजको जटिलता अवश्य थिएन ।
पेट पाल्नकै निम्ति ती मानव समूह एक ठाउँबाट अर्को ठाउँमा गई सिकार र कन्दमूलको निम्ति कठोर मेहनत गर्नुपथ्र्यो, सँगसँगै अर्को समूहसँग भिडन्त पनि हुन्थ्यो । आज एक्काइसौँ शताब्दीको एकचौथाइ युगमा समेत भौतिक प्रगतिमा धेरै अगाडि बढेका समाजका मालिक वा ट्रम्पको शासनसमेत इजरायलमार्फत प्यालेस्टिनी जनताको अत्यन्त विकसित हातहतियार प्रयोग गरी जातीय नासको निम्ति उद्यत छ भने युक्रेनको काँधमाथि बन्दुक बिसाएर संयुक्त राज्य अमेरिकी साम्राज्यवादको नेतृत्वमा युरोपेली देशहरू अर्थात् नाटोका साम्राज्यवादी गुटले रुसमाथि हमला गर्दै युद्धलाई एसियासम्म फैलाउने उद्देश्यले मानव सभ्यताप्रति नै शत्रुताको व्यवहार गर्दै छन् ।
मानव सभ्यता घुमन्तु अवस्थामा पुग्दा पनि मानिसहरू अनेक दुःख, कष्ट र हन्डर खाँदै अथाह जङ्गल, पहाड र पर्वत छिचोल्दै र चढ्दै एउटा महादेशबाट अर्को महादेशमा पुग्थे । मानिसले आफ्ना बालबच्चालाई स्याहार गरेजस्तै उपयुक्त ठाउँमा पुग्दा पशुपालन गर्न जाने; आ–आफ्ना स–साना नानीहरूलाई जस्तै पाठापाठीहरूलाई स्याहार गर्न जाने; सिकारपछि पशुपालन र घाँसपातको ज्ञानसँग कृषिको नौलो क्षेत्रमा मानव समाज पुग्यो र महिलाहरू सबभन्दा पहिलेका धाई र नर्स बनी अनि सिकारमा नगई सुत्केरीमा ओडार, झोपडी र बासस्थानमा बस्दै कृषिबाट भविष्यको स्थिर जीवनबारे बुझे । बाली–नाली र खेतीपातीले मानिसले एक बालीबाट दैनिक शिकारमा जाने कष्टकर कामबाट सोच्ने समय पाए । माटो र इँटा बनाउन जाने, टोकरी र कुमालेको काम सिके, कालान्तरमा सिकारबाट वाणको आविष्कार गरेजस्तै कुमालेको चक्रको आविष्कारबाट मानिसलाई झन्झन् सभ्यताको युगमा प्रवेश गरायो । मत्स्यपालन र काठको मुढोलाई आगोको सहाराले सजिलैसित डुङ्गा बनाएर जलयात्राबाट मानिसलाई नयाँ परिवेशमा पु¥यायो ।
तर भाषाको अभाव र कठोर परिवेशको कारण पशुहरू र वन मानिसजस्तै अरू मानव समूहलाई शत्रु सम्झेर सङ्घर्ष गर्थे । त्यसको निम्ति युवाहरूको दल नै पहिलोपल्ट मानिसले ‘नियमित सुरक्षाको शिक्षा’ प्राप्त गरे । ढुङ्गे हतियारको प्रगतिले मानिसलाई तामा र फलामसम्म पु¥यायो र खनिजको प्रयोगले मानव समाजलाई ढुङ्गेयुगबाट क्रमशः धातु युगमा पु¥यायो । शक्तिशाली समूहले नयाँ धातुका हतियार भाला र वाणहरूको प्रयोगले एकपछि अर्को मानव समूहलाई कब्जा ग¥यो र कज्यायो । समाज अब दास युगमा प्रवेश गर्यो । जित्ने समूह मालिक भयो र हार्ने पक्षहरू दास भए । दास समाजले मानव श्रम शक्तिलाई थप व्यवस्थित गर्यो ।
आपसका लडाइँहरू हुँँदै गए । स्थायी बसोबासमाथि अर्को समूहले हमला गर्ने भएको हुँदा पर्खाल लगाएर बस्ती र सहरहरू बनाउन लागे । दास युगबाट मानव समाजसम्बन्धी समाजमा पुग्दा पुग्दै मिश्रको पिरामिड, बेबिलोनको झुण्डिएको बगैँचा, चीनको पर्खाल, ग्रिस र रोमका सुन्दर भवनहरू र पूर्वेली सभ्यताले संसारलाई आध्यात्मिक चिन्तनमा पु¥यायो । अनेक दार्शनिक र धार्मिक विचारहरू तथा अमूल्य साहित्यहरू समाजले प्राप्त ग¥यो । तर, दास र सामन्ती युगको बिच ‘स्वर्णयुग’ भनिए पनि दासहरूको निम्ति त्यो ‘कालो युग’ नै थियो । बेलायती पुँजीवादी क्रान्तिले औद्योगिक क्रान्ति र व्यापारिक यात्राहरूले समुद्री यात्राहरूबाट संसार पुँजीवादी युगलाई थप सहयोग पु¥यायो । तर, पुँजीवादको ४०० वर्षको भौतिक र प्राविधिक विकासलाई १९१७ को रुसी समाजवादी क्रान्तिपछि, चीनको समाजवादी आर्थिक र प्राविधिक प्रगतिले सन् २०२५ सम्ममा मानव समाजको ६००० वर्षमा कहिले पनि कुनै पनि देशमा पूर्णरूपले काम–माम पाएका थिएनन्, सम्पूर्णरूपले गरिबी हटेको थिएन भने त्यो कार्यलाई चिनियाँ समाजले सफलता प्राप्त गर्यो । प्रजग कोरिया र क्युबाका जनताले समाजवादकै कारण जनताको सेवामा सफलता प्राप्त गर्दै छन् । यसकारण, संसारका जनता साम्यवादप्रति झन्झन् आकर्षित हुँदै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *