रास्वपा सरकारबाट हिमपहिरो पीडित जनताको पीडा
- भाद्र २६, २०८३
ऊ पर हेर्नुस् त ! दाइ एकजना युवासँगै यता माथितिर आउँदै हुनुहुन्छ । उहाँ सायद बजारको बाटो कति सफा सुन्दर छ ? पाटी, मन्दिर, ढुङ्गेधारा आदि पनि सफा, सुन्दर छ कि छैन भनेर बिहानदेखि हेर्न आउनुभएको होला । सधैँझैँ बिहान घुमेर पाटीमा आराम गर्दै पत्रिका हेर्दै बसिरहेका टोलका अग्रजहरूमध्ये उहाँलाई पहिला देख्ने किसलालले सबैलाई त्यतातिर ध्यान आकर्षण गरे ।
किसलालको ध्यानाकर्षणपछि अग्रज आसलालले पनि हेरे र भने, “ए हो रहेछ ¤ उहाँ त एक पन्थ दो काज भनेझैँ एकाबिहान सबेरै स्वच्छ हावामा मर्निङ वाक गरेर शारीरिक कसरत गर्न आउनुभएको होला । सम्पदाको अवस्था र जनताको सांस्कृतिक स्तर कति माथि उठ्यो भनेर पनि हेर्न आउनुभएको होला, तर टोलका हाम्रा अग्रज साथीहरू, युवाहरू बुढो मन लिएर पार्टीमा बसेर दिन काट्दै हुनुहुन्छ । शरिरले दिएको जति परिवार, समाज, देशको लागि हल्का काम गरिदिनुभएको भए राम्रो हुन्थ्यो । यसले दिल खुस, मन खुस भनेझैँ हाम्रो तन, मन सधैँ युवा भइरहन्छ, हो कि होइन किसलाल ? त्यस्ता विचार भएका अग्रजहरू टोलको सम्पदा जीर्णोद्धारमा श्रमदान, मन्दिर परिसर, आफू बस्ने पार्टी दैनिकजसो बढारेर सफा गर्नुहुन्छ ।
दुवै किसलाल र आसलालको कुरा सुनेपछि विसलालले भने, “दाइ शालीन, हँसिलो, हर्ताकर्ता, युवाजस्तो हुँदैन त । त्यो भनेको उहाँले लिनुभएको विचार, आदर्श त्यसअनुसारको निःस्वार्थ देश र जनताको सेवा हो । मानिस युवा विचारले हुन्छ उमेरले हुँदैन त्यसै भनेको हो र ? मान्छे उमेरले युवा तर विचारले बुढो, दुषित भयो भने तुरून्त बुढो देखिन्छ । अब हामी सबै स्वार्थी मनका भयाँै । आफूलाई फाइदा नभई यताको सिन्को उता पनि राख्दैनौँ । समाज, देशलाई जेसुकै होस् आफूलाई फाइदा भयो भने जे पनि गर्न पछि पर्दैनौँ । खालि कुराले धर्म, सेवाको गर्छौँ । तर, व्यवहार भने पापको गर्छौँ । जनताले दुःख पाएको, यहाँका विभीषणहरूलाई प्रयोग गरेर देश विदेशीले सिध्याउन लागेको हामी देख्दैनौँ, मतलब गर्दैनौँ । हाम्रो सम्पदा, देश बनाउने, जोगाउने भनेको हामीले नै हो । दाइको विचारले नै जनताको साथ र सहयोगले नै यो बाटो, मठ, मन्दिर, विद्यालय, कलेज, अस्पताल बनेको होइन र !? हाम्रा सन्तानले पढ्न पाएका र हामीले त्यो सुविधा उपभोग गर्न पाएका होइनौँ र ¤ नत्र देश कसरी बन्छ ? कसरी जोगिन्छ ? उहाँजस्ता शालीन, लडाकु, निःस्वार्थी, इमानदार, देशभक्त नेता, शासक दलका नेता, दल अनि जनता भइदिएको भए निःस्वार्थरूपले आफ्नो गाउँ, ठाउँ आफैले त्यही बसेर बनाएको र सन्तुलित विकास गरेको भए देश उहीँ बेला बनिसक्थ्यो । विदेशीसँग हात फैलाउन, विदेशीले हामीलाई हेप्न, मिच्न आँट गर्न सक्ने थिएन, हो कि होइन किसलाल, आसलाल ?”
दाइ पनि अगाडि आउनुभयो, सबैले नमस्कार गरे । दाइले पनि हँसिलो मुद्रामा नमस्कार गर्दै सबै सञ्चै हुनुहुन्छ भन्दै गन्तव्यतिर जानुभयो भने अग्रज साथीहरू पनि पत्रिका पढ्न, समाज, देश, विदेशको विषयमा पुनः छलफल गर्न थाले ।
Leave a Reply