चे, फिडेलको संस्मरणमा – १५
- कार्तिक ७, २०८२
नर्स पेसा केवल एक जागिर होइन, नर्स पेसा एउटा सेवा, समर्पण र संवेदनशीलतासँग जोडिएको महत्वपूर्ण क्षेत्र हो । अस्पतालभित्र काम गर्ने नर्सहरूले दैनिक रूपमा बिरामीहरूको हेरचाह, औषधि व्यवस्थापन, आपत्कालीन अवस्था सामना र चिकित्सकहरूको सहकार्यजस्ता जिम्मेवारी बहन गर्छन् । अस्पताल वा स्वास्थ्य संस्थामा दिनरात विरामीको सेवामा जुट्ने नर्सहरू शारीरिक रूपमा सक्रिय र मानसिक सजग र स्वस्थ रहनुपर्छ । यस्तो जिम्मेवार पेसामा खानपानको बानी (food habits) ले उनीहरूको शारीरिक ऊर्जा, मानसिक स्थिरता र समग्र स्वास्थ्यमा ठुलो प्रभाव पर्छ ।
खानपान बानी (food habits) नमिल्नुको मुख्य कारण
१. ड्युटी समय
बिहान सिफ्ट – ७ बजेदेखि २ बजे
दिउँसो सिफ्ट – १२ बजेदेखि ७–८ बजे
रात्री सिफ्ट – ८ बजेदेखि बिहान ७ बजे
यसले उनीहरूको खानाको समय, प्रकार र मात्रा सबैमा असमानता ल्याउँछ ।
२.नियमित भोजनमा बाधा
अस्पतालको व्यस्तताले वातावरणले गर्दा नर्सहरूले प्रायः खाना ढिलो खाने वा छुटाउने अथवा चिउरा, बिस्कुट, चिया, चाउचाउ मात्र खाएर काम चलाउने, राती सिफ्टमा पेटभरि खाना खाने गर्दा दीर्घकालीन रूपमा पाचन समस्या, थकान, पोषणको कमी, मानसिक थकान, निन्द्रा नलाग्ने, उच्च रक्तचाप, मधुमेह, थाईराइडहरूको समस्या निम्त्याउँछ ।
नर्सहरूको स्वास्थ्य र कार्यक्षमता दुबैलाई ध्यानमा राख्दै उनीहरूले आफ्ना खानपान बानी सुधार गर्न विभिन्न उपायहरू अवलम्बन गर्न सक्छन् ।
१. सन्तुलित आहारको पहिचान गर्ने
२. दैनिक खानाको योजना
बिहानको खाजा :
काम सुरु गर्न अगाडि ऊर्जा दिने खाना आवश्यक हुन्छ । जस्तैः अण्डा, दूध, ओटस वा फलफूल (केरा, स्याउ, सुन्तला) । यसले शरीरलाई आवश्यक शक्ति प्रदान गर्दछ र लामो समयसम्म भोक नलाग्ने बनाउँछ ।
दिउँसोको खाजा :
दिनको मुख्य भोजनमा रोटी वा भात, दाल, हरियो तरकारी र सलाद हुनुपर्छ । यसमा पाइने प्रोटिन र कार्बाेहाइड्रेटले शरीरलाई सक्रिय राख्छ ।
बेलुकाको खाजा :
सिफ्टको बिचमा छोटो आराम वा खाजाको समयमा हल्का तर भुटेको चना, नरिवल पानी वा ड्राई नट्सजस्ता खाजा उपयुक्त हुन्छ ।
रातको खाना :
सुप, झोलयुक्त तरकारी, रोटी वा दाल राम्रो हुन्छ ।
३. राम्रो खानपानको विकास गर्ने
– घरबाट पौष्टिकयुक्त खाना बोकेर ल्याउने
– सानो पानीको बोटलसँगै राख्ने
– रातीको खाजा हल्का ताजा र कम मसलेदार खाने ।
– छिटो छिटो हतारमा नखाई, थोरै भए पनि राम्ररी चपाएरमात्रै खाने ।
नर्सहरूको खानपान बानी अस्पतालको वातावरणमा अत्यन्त महत्वपूर्ण हुन्छ । नर्सहरूको स्वस्थ खानपान सुनिश्चित गर्न अस्पतालहरूले हेल्डी फूड अफर गर्ने, क्यान्टिनको व्यवस्था गर्नुपर्ने, सिफ्टअनुसार खाना समय सुनिश्चित गर्ने नीति तयार गर्नुपर्ने, पोषणसम्बन्धी तालिम वा सेमिनार आयोजना गर्नु पर्दछ ।
नर्सहरू आफ्नो पेसालाई समर्पित रूपमा सेवा गर्छन् तर आफ्नो स्वास्थ्यको अपेक्षा गर्दा उनीहरू दीर्घकालीन समस्यामा पार्न सक्छन् । त्यसैले, अस्पतालमा काम गर्ने नर्सहरूले समयमै सन्तुलित,सजिलो पच्ने र ऊर्जा दिने खाना खान आवश्यक छ ।
Leave a Reply