भर्खरै :

ख्वप विश्वविद्यालयको विधेयक पारित गर्नु राष्ट्रको हितमा हुनेछ

ख्वप विश्वविद्यालयको विधेयक पारित गर्नु राष्ट्रको हितमा हुनेछ

आजको युग विज्ञान र प्रविधिको युग हो । आजको दिनमा मानिसका हरेक क्रियाकलाप विज्ञान र प्रविधिसँग जोडिएको छ । मानिसमा नयाँ नयाँ विज्ञान, प्रविधि, सूचना तथा सञ्चारलगायत अन्य क्षेत्रमा विकास भएको नयाँ नयाँ आधुनिक प्रविधिको बारेमा जान आवश्यक छ । व्यक्तिहरूलाई रचनात्मक जागरुक, आत्मविश्वासी र अनुशासित नैतिक जिम्मेवारी कर्तव्यवान बनाउन विकास भएको नयाँ नयाँ विज्ञान र प्रविधिसँग परिचित गराउन आवश्यक छ ।
आजको दिनमा शिक्षालाई व्यक्तिको जीवन जिउने कलाको रूपमा विकास गर्न आवश्यक छ । शिक्षा प्रणाली अव्यवहारिक हुनु भनेको एटम बम बनाए जस्तो हो, जुन जतिबेला पनि पड्कन सक्छ, जोसुकैलाई पनि हानि गर्न सक्छ, जे सुकै पनि हानि हुन सक्छ, गलत शिक्षा प्रणालीले समाजमा निराशा, बेरोजगारी, गरिबी अनैतिक भावनाको विकास गर्छ साथै समाजमा हत्या, हिंसा, लुट, चोरी, बलात्कारलगायतका व्यापक विकृतिको विकास हुन्छ । समाज अन्धकारतिर धकेलिन्छ । सुशासन र पारदर्शी सरकारको परिकल्पनासमेत गर्न सकिँदैन ।
यस्तो समस्यालाई मध्यनजर गर्दै भक्तपुर नगरपालिकाले ख्वप कलेज सञ्चालनमा ल्याएर शिक्षालाई व्यावहारिक र जीवनोपयोगी हुनुपर्ने विषयमा जोड दिँदै आएको छ । ख्वप कलेजले समाजलाई बुद्धिजीवीकरण, कला संस्कृति सम्पदाको संरक्षण र संवद्र्धन, देशको मौलिक परम्परागत ज्ञान र प्रविधिको अनुसन्धान, देशभक्त, इमानदार, नैतिकवान र सक्षम जनशक्ति तयार गर्न जोड दिँदै आइरहेको छ ।
ख्वप कलेजले विश्वविद्यालयको लागि आवश्यक मापदण्ड पूर्वाधार जनशक्ति, आधुनिक प्रयोगशाला, कानुनी र आर्थिक मापदण्डहरू पूरा गरिसकेको छ । सरकारले हालसम्म विश्वविद्यालयको लागि अनुमोदन गरेको छैन ।
भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालयको प्रस्ताव अघि सारेको थियो । राजश्री जनक मदन भण्डारीले विश्वविद्यालयको लागि प्रस्ताव राखेको थियो । तर, अधिकांशले विश्वविद्यालयको लागि अनुमति पाइसकेको छ । तर, ख्वप कलेजले आजसम्म विश्वविद्यालयको लागि अनुमति पाउन सकेको छैन ।
ख्वप कलेजमा करिब ७० जिल्लाका ७ हजारभन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् । अनुसन्धानमूलक, व्यवहारिक उच्च शिक्षा दिन, उच्च शिक्षामा जनताको पहुँच पु¥याउन, देश विकासमा सहयोग गर्न, आवश्यक दक्ष जनशक्ति विकास गर्न, स्वदेशमै स्तरीय शिक्षा प्रदान गर्न व्यावहारिक र जीवन उपयोगी शिक्षाको लागि भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालयको माग गरेको हो ।
आर्थिक वर्ष २०८०÷८१ अनुसार नेपालका करिब १ लाख १३ हजारभन्दा धेरै विद्यार्थीले विदेशमा अध्ययन गर्नको लागि ल्इऋ प्राप्त गरेका छन् ।
शैक्षिक सत्र र परीक्षा समयमा नहुनु, राजनीतिक सङ्गठनको दबाबमा शैक्षिक तालिका पटकपटक परिवर्तन गर्नु, दुई वर्षमा सक्ने कोर्स चार वर्ष हुँदा पनि नसक्नु, उत्तरपुस्तिका जाँचमा लापरबाही र विद्यालयमा हुने यस्तो अनेक राजनीतिक गतिविधिलाई रोक्न ख्वप विश्वविद्यालय आवश्यक छ ।
ख्वप विश्वविद्यालयको लागि स्वीकृति दिएर उच्च गुणस्तरीय शिक्षाको लागि सरकारले बाटो खोलिदिनुपर्छ । शिक्षामा हुने राजनीति रोकिनुपर्छ र शिक्षा उत्पादनमूलक, जीवन उपयोगी, खोज र अनुसन्धानलाई प्रोत्साहन गर्न ख्वप विश्वविद्यालयलाई स्वीकृति दिनुपर्छ ।
शिक्षामा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्दै सरकार उत्पादनमुखी र अनुसन्धानमुखी शिक्षालाई प्रोत्साहन गर्न अग्रसर हुनु आवश्यक छ । ख्वप कलेजको समर्पण, आधारभूत संरचना, दक्षता र निरन्तरको प्रयासलाई सम्मान गर्दै उच्च गुणस्तरीय, जीवनोपयोगी र समावेशी शिक्षाको मार्ग प्रशस्त गर्न सरकारले अब ढिला नगरी ख्वप विश्वविद्यालय विधेयक पारित गर्नुपर्छ । ख्वप कलेजले उच्च गुणस्तरीय, व्यावहारिक, अनुसन्धानमूलक र जीवनोपयोगी शिक्षाको प्रवर्धन गर्दै आएको छ । शिक्षाजस्तो संवेदनशील र राष्ट्रिय विकासको आधारभूत क्षेत्रलाई राजनीतिक भागबन्डा र उपेक्षाबाट मुक्त गर्दै ख्वप विश्वविद्यालयको विधेयक पारित गर्नु राष्ट्रको हितमा हुनेछ । सरकारले ख्वप विश्वविद्यालयलाई कानुनी मान्यता प्रदान गरेर गुणस्तरीय उच्च शिक्षाको ढोका खोल्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *