भर्खरै :

उत्तर र दक्षिण कोरिया एकीकरणको बाधक साम्राज्यवादी देश

  • जेष्ठ २१, २०८२
  • गौरव प्रधान
  • विचार
उत्तर र दक्षिण कोरिया एकीकरणको बाधक साम्राज्यवादी देश

साम्राज्यवादी शक्तिको कारण लामो समयदेखि उत्तर र दक्षिण कोरिया विभाजित छ । विभाजित दुई देशलाई एउटै बनाउने ध्येय उत्तर कोरियाको हो । त्यसबेला उत्तर कोरिया (प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको नेतृत्व प्रजग कोरियाका महान् नेता किम इल सङले गर्नुभएको थियो । उत्तर र दक्षिण कोरिया एक भएमा एक समृद्ध राज्य बनाउन सकिने ध्येय उत्तर कोरियाको थियो । कोरियाली राष्ट्र सधैँ दुई टुक्रामा विभाजित हुनु राम्रो होइन । देशलाई छिटो एकीकरण गरेर भविष्यका सन्तानलाई एकीकृत मुलुक सुम्पिने नेता किम इल सङको उद्देश्य थियो । उत्तर र दक्षिण दुवै मुलुकले मान्ने खालको मूलभूत विचार उहाँले पेस गर्नुभएको थियो । एकीकरणमा कुनै देशको विदेशी हस्तक्षेप हुन नहुने उहाँको मान्यता थियो । त्यही मान्यतामा रहेर किम इल सङले राष्ट्रिय एकीकरणका तीन वटा सिद्धान्त पेस गर्नुभएको थियो ।

१. राष्ट्रिय एकीकरण बाहिरी शक्तिमा भर पर्न नहुने या हस्तक्षेपबिना स्वाधीन रूपले हुनुपर्ने
कोरिया एकीकरणको प्रश्न देशको आन्तरिक मामिला हो । एकीकरणमा कुनै देशको हस्तक्षेप हुनु हुँदैन । विदेशी शक्तिको भरमा एकीकरण हुँदा त्यो स्थायी हुँदैन या टिक्दैन । साम्राज्यवादी शक्तिहरू उत्तर र दक्षिण कोरिया एकीकरण चाहँदैनन् । साम्राज्यवादी शक्तिकै कारण वास्तवमा उत्तर र दक्षिण कोरिया टुक्रिएको हो । उत्तर र दक्षिण कोरिया एकीकरणमा विशेषतः साम्राज्यवादी देश संयुक्त राज्य अमेरिका बाधक बनेको थियो । उत्तर र दक्षिण कोरिया एकीकरण नहुनु पुँजीवादी र साम्राज्यवादी शक्तिहरूकै कारण भएकोमा शङ्का छैन । दुई देशका जिम्मेवार व्यक्तिहरू बसेर एकीकरणको निम्ति वार्ता भए समस्याको निकास निकाल्न सकिन्छ । कोरियाको भित्री मामलामा विदेशी हस्तक्षेप स्वीकार्य हुँदैन । विदेशी हस्तक्षेपबिना नै एकीकरण हुनुपर्छ । विदेशी हस्तक्षेप रहेसम्म एकीकरण सम्भव छैन । अहिले भइरहेको यहीँ हो ।
प्रजग कोरियाले विदेशीको भरमा आत्मनिर्भर हुनेतर्फ कहिल्यै सोचेको देखिँदैन । आफ्नो देशको लागि चाहिने सामान आफ्नै देशमा उत्पादन गर्नेतर्फ पाइला चालेको छ । अर्थतन्त्रमा आत्मनिर्भर हुन प्रजग कोरियाले कडा प्रयत्न गरेको थियो । कुनै पनि राष्ट्रले स्वाधीन राष्ट्रिय अर्थतन्त्रको निर्माण गरेर आर्थिक स्वाधीनता प्राप्त गरेन भने त्यस राष्ट्रले देशको बाह्य अख्तियार बढाउनुपर्ने प्रजग कोरियाको मान्यता रहेको छ । आफ्नै बलमा विश्वास नगरी बाह्य शक्तिलाई विश्वास गरेर अघि बढ्यौँ भने एकीकरण भए पनि टिक्नेछैन ।

२. आ–आफ्नो सरकार, दलको विचार र मान्यताभन्दा माथि उठेर राष्ट्रिय एकता अघि बढाउनुपर्ने
उत्तर र दक्षिण कोरिया एकीकरण गर्ने हो भने आ–आफ्नो विचार र व्यवस्थाबाट माथि उठ्नुपर्छ । एकले अर्काको शत्रु भाव राख्नु हुँदैन । हो, उत्तर र दक्षिण कोरियाको आ–आफ्नो विचार र व्यवस्था लाद्न खोज्नु हुँदैन । यदि लाद्न खोज्छ भने एकीकरणको सपना पूरा हुने छैन । उत्तर कोरियामा समाजवादी व्यवस्था छ । कम्युनिस्ट विचारधाराबाट प्रभावित छ । दक्षिण कोरियामा पुँजीवादी व्यवस्था छ । यसरी फरक फरक सिद्धान्त र विचारको आधारमा अघि बढेको दुई देशको एकता त्यति सजिलो छैन । एकीकरण गर्न दक्षिण कोरियाले समाजवादी व्यवस्था मान्नुपर्ने र उत्तर कोरियाले पुँजीवादी व्यवस्था मान्नुपर्ने सर्त पाच्य हुने छैन । यी दुबै देश आ–आफ्नो अडानमा बस्यो भने दुई देशको एकता सम्भव हुनेछैन । आ–आफ्नो सिद्धान्त र विचार मान्नुपर्ने सर्त नराखी एकले अर्कालाई सहयोग गर्ने बाचाका साथ काम भयो भने एकीकरण सम्भव छ । तर, कसैले चाहँदैमा न दक्षिण कोरियालाई कम्युनिस्टको सरकार बनाउन सकिन्छ न त उत्तर कोरियालाई पुँजीवादी सरकार नै बनाउन सकिन्छ । एकता गर्ने हो भने एकले अर्कोलाई गाली गर्न र बदनाम गर्ने काम छोड्नुपर्छ । उत्तर र दक्षिण कोरियाले विदेश सम्बन्धमा पनि संयुक्त प्रयास आवश्यक छ । एकीकरणको मापदण्ड समाजवाद सही कि पुँजीवाद सही भन्ने कुरा हुँदैन । यसकारण, दुबै देशले राष्ट्रिय एकताको कुरा उठाउनुपर्छ । एकीकरण कुनै एक देशले चाहेर हुने होइन ।

३. राष्ट्रिय एकीकरण हतियार प्रयोग नगरी शान्तिपूर्ण तरिकाले गर्नुपर्ने
उत्तर या दक्षिण कोरियाले एकले अर्काको विरुद्ध लड्ने र जित्ने भावना छोड्नुपर्छ । आज संसारका सबैजसो मुलुकका शासकहरू एक आपसमा नलडी मिलेर बस्नुपर्ने या जिउनुपर्ने चाहना राख्छन् । केही देशबाहेक अरु ठुला शक्ति राष्ट्रहरू पनि झगडा नगरी एक अर्कासित सम्बन्ध विकास गर्न चाहन्छन् । अचेल चीनले सबैजसो देशसँग सम्बन्ध कायम गरी विकास गर्ने अभियान चलाइरहेको छ । उत्तर कोरिया र दक्षिण कोरिया पहिले एकै देश थियो । प्रजग कोरियाका महान् नेता किम इल सङले त्यसबेला उत्तर र दक्षिणका फौजहरू पनि घटाउने प्रस्ताव अघि सार्नुभएको थियो । फौज घटाइयो भने दुवै पक्षको सैनिक बोझ घट्छ । दुबै पक्ष समस्या समाधान गर्न परामर्शमा लाग्नुपर्छ । दुबै देशको आत्म प्रतिरक्षाको उद्देश्य विदेशी आक्रमणको विरोध हुनुपर्छ । कुनै विदेशी शक्ति राष्ट्रले देशमा हमला गरेमा उत्तर र दक्षिण कोरिया मिलेर विदेशी आक्रमणको प्रतिकार गर्नुपर्छ या प्रतिकार गर्न तयार गर्नुपर्छ ।
मुलुकको स्वाधीन र शान्तिपूर्ण एकीकरणको निम्ति युक्तिपूर्ण बाटो अँगाल्नुपर्छ । उत्तर र दक्षिण कोरियाबिच राजनीतिक छलफल अघि बढाउनुपर्छ । उत्तर र दक्षिणका मुख्य प्रतिनिधिहरूले बेला मौकामा भ्रमणहरू गरिरहनुपर्छ । आइपरेको समस्या दुबै देश मिलेर समाधानको उपाय खोज्नुपर्छ । चित नबुझेका कुरा खुलमखुला व्यक्त गर्नुपर्छ । एक आपसमा समझदारी बढाउने, साझा बुँदा पत्ता लगाउने काम गर्नुपर्छ । कुनै पनि बेला समस्या आइप¥यो सोसम्बन्धी छलफल गरेर निकास निकाल्न दुई देशबिच सिधा टेलिफोन लाइनको व्यवस्था गर्नुपर्छ । यसले एक अर्कोसँग समझदारी बढ्नेछ† सहकार्य गर्न सहयोग पु¥याउनेछ । यसरी किम इल सङले राष्ट्रिय एकताको सिद्धान्तको आधारमा विभाजित मुलुकलाई स्वाधीन र शान्तिपूर्ण रूपले एकीकरण गर्ने प्रस्ताव पेस गर्नुभएको थियो । यसको निम्ति धेरै प्रयास भएको थियो । एकीकरण गर्ने समय नजिक पुगेको थियो । तर त्यो प्रयास सफल भएन । दुई देशका सरकार र जनताले चाहे पनि साम्राज्यवादी देश अमेरिका एकीकरणको निम्ति बाधक बन्यो । यस अर्थमा अहिलेसम्म उत्तर र दक्षिण कोरिया एक हुन सकेको छैन । परिस्थिति हेर्दा उत्तर र दक्षिण कोरिया एक हुने लक्षण देखिएको छैन ।
कोरियालीहरू परापूर्वकालदेखि एउटै भूमिमा बस्दै आएका हुन् । उनीहरूको एउटै संस्कृति र इतिहास छ । कोरियाली जनतामा राष्ट्रिय भावना छ । उनीहरू राष्ट्रलाई कदापि टुक्रिन दिनु हुँदैन भन्ने पक्षमा छन् । दुई देशले चाहेमा एकीकरण हुँदैन भन्ने छैन । यसको लागि एकले अर्कोलाई सहयोग गर्नुपर्छ† देश एक हुनैपर्छ भन्ने भावना हुनुपर्छ ।
‘राष्ट्रिय एकीकरणका तीनवटा सिद्धान्त’ बारे पुस्तिका उत्तर र दक्षिण कोरियाबिचको उच्चस्तरीय राजनीतिक वार्तामा भाग लिएका दक्षिण कोरियाली प्रतिनिधिहरूसित ३ मे र ३ नोभेम्बर १९७२ मा प्रजग कोरियाली जनताका महान् नेता किम इल सङले कुराकानी गर्नुभएको थियो । यो पुस्तिका सन् १९८२ मा नेपाल–कोरिया मैत्री सङ्घ काठमाडौँले प्रकाशित गरेको थियो ।
यसैबिच जेठ १९ गते प्रकाशित ‘नयाँ पत्रिका’ मा ‘विभाजित राष्ट्र’ लाई एकताबद्ध गर्ने नेतृत्व चाहन्छन् दक्षिण कोरियाली मतदाता’ शीर्षकको विश्लेषणात्मक समाचार छापियो । मेलबर्न विश्वविद्यालयमा कोरियाली राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धका लेक्चरर अलेक्जान्डर एम. हाइन्डले सो लेख लेख्नुभएको हो । मङ्गलबार (जेठ २०) गते दक्षिण कोरियाली मतदाताले देशको नयाँ राष्ट्रपति छान्न मतदान गर्नेछन् । दक्षिण कोरियामा हुने अराजक गतिविधि, शासकहरू भ्रष्टाचारमा फसेको घटनाले दक्षिण कोरियाली जनता शासकहरूदेखि असन्तुष्ट छन् । यही कारण दक्षिण कोरियाली जनता उत्तर र दक्षिण कोरिया एक भएको हेर्न चाहन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *