भर्खरै :

‘भ्रमण प्रवेशाज्ञा’ भ्रष्टाचार काण्ड अधिकांश गृहमन्त्री दोषी

‘भ्रमण प्रवेशाज्ञा’ भ्रष्टाचार काण्ड अधिकांश गृहमन्त्री दोषी

काठमाडौँ, २१ जेठ । प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे बस्ने कार्यसूची थियो । विपक्षी दल माओवादी (केन्द्र), रास्वपा, राप्रपाले गृहमन्त्री रमेश लेखक भ्रमण प्रवेशाज्ञा (भिजिट भिसा) मा विभिन्न देशमा पठाइएका नेपाली युवा प्रतिव्यक्तिसँग रू. ५० हजारदेखि ३ लाख रुपैयाँ कमिसन लिएको हुँदा गृहमन्त्री लेखकको राजीनामा माग्दै संसद् अवरोध चालु राख्ने भएपछि बैठक अपराह्न ३ः१५ बजे स्थगित गरियो ।
अपराह्न ३ः३० बजे गृहमन्त्री रमेश लेखक संसद्मा पुगे । यसअगाडि नै नेकाका उपसभापति पूर्णबहादुर खड्काले सभामुख देवराज घिमिरेलाई भेटेर संसद् अवरोध यथावत हुने भए बैठक सुरू गर्नु उपयुक्त नहुने सुझाए । तत्पश्चात् बैठक जेठ २२ गते अपराह्न १ बजे स्थगित गरियो ।
गृहमन्त्री लेखकको राजीनामा विषयसहित जेठ १३ गते भएको संसद् अवरूद्ध अर्थमन्त्रीलाई आर्थिक सर्वेक्षण पेस गराउन जेठ १४ गते र बजेट पेस गराउन जेठ १५ गते खुलेको थियो । त्यसयता जेठ २० र २१ गते पनि बैठक हुन सकेन ।
यतिबेला संसद्मा पुगेका सांसदहरू फुर्सदिला छन् । कर्मचारीहरू पनि फुर्सदिला नै छन् । सांसदहरू लवि र क्यान्टेन जताततै भेटिन्छन् । अधिकांश गृहमन्त्री भ्रमण प्रवेशाज्ञाको भ्रष्टाचार काण्डमा परेको आम सञ्चारमा प्रकाशित भइरहेको छ । माओवादी केन्द्र, रास्वपा र राप्रपाले २०६४ सालयताका गृहमन्त्रीमाथि छानबिन गर्नुपर्ने र गृहमन्त्री लेखकको राजीनामा आउनुपर्ने अडान दोहो¥याउँदै छन् । तर, विपक्षी दलको बैठकमा राप्रपा सहभागी नभएको पनि सार्वजनिक भइरहेको छ ।
नेपाली काङ्ग्रेसले गृहमन्त्रीलाई राजीनामा नगराउने मत सार्वजनिक गरेको छ । नेका सभापति शेरबहादुर देउवाले आरोपकै आधारमा गृहमन्त्री लेखकलाई राजीनामा नदिन निर्देशन दिएको खबर छ । नेका महामन्त्री विश्वप्रकाश शर्माले पनि कर्मचारीको बदमासीको जिम्मा गृहमन्त्री लेखकको थाप्लोमा नपर्ने बताए । जेठ २१ गते बिहान बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लेखकले भिजिट भिसाको भ्रष्टाचार काण्डबारे आफूले संसद्मा स्पष्टीकरण दिने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि गृहमन्त्री लेखकको राजीनामा हुन नपर्ने बताए । सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले भने, “गृहमन्त्रीले संसद्मा जवाफ दिए पुग्छ, राजीनामा दिनुपर्दैन ।”
गृहमन्त्री भएकाहरू माओवादी
(केन्द्र) का नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, कृष्णबहादुर महरा, नेकाका बालकृष्ण खाण, विमलेन्द्र निधी, विजय गच्छदार, कृष्णप्रसाद सिटौला, एमालेका रामबहादुर थापा
(बादल), खगराज अधिकारी, भीमबहादुर रावल, वामदेव गौतम, रास्वपाका रवि लामिछाने र खिलराज रेग्मी सरकारका माधवप्रसाद घिमिरेको नाम भिजिट भिसाको भ्रष्टाचार काण्डमा जोडिएको छ । यति धेरै पूर्वगृहमन्त्रीको नाम भिजिट भिसामा जोडिएको हुँदा सत्ता र प्रतिपक्षी दलहरू… मिलेर खाऊँ भाले नै संसद् अवरोधको सुरक्षित अवतरण हुने बानेश्वर संसद् भवनमा चर्चा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *